पोखरा । वाई सर्भिस क्लब अफ पोखराको आयोजना तथा हिमालय आँखा अस्पताल पोखराको प्राविधिक सहयोगमा शनिबार सम्पन्न आँखा शिविरमा १८० जना लाभान्वित भएका छन् ।
पर्वतको मोदी गाउँपालिका वडा नं. १ कार्यालयको स्थानिय व्यवस्थापनमा मोदी गाउँपालिका वडा नं. १ मा रहेको भुकताङ्ले स्वास्थ्य चौकीमा आयोजना गरिएको निःशुल्क आँखा शिविरमा चस्मा तथा औषधि समेत निशुल्क वितरण गरिएको थियो ।
कार्यक्रमका प्रमुख अतिथि मोदी १ पर्वतका वडा अध्यक्ष टेकबहादुर गुरुङले वडाले हरेक वर्ष विभिन्न संघ संस्थाहरु संग मिलेर स्वास्थ्य शिविर संचालन गर्दै आएको वताउँदै ग्रामिण भेगका विकत वस्तीमा वसोबास गर्ने नागरिकलाई स्वास्थ्य सेवा गाउँ मै आएर दिएकोमा क्लब तथा अन्य संस्थाहरुलाई धन्यवाद दिर्दै आगामि दिनहरुमा पनि सहयोगको अपेक्षा गरे ।
क्लबका अध्यक्ष पुनम गुरुङको अध्यक्षतामा भएको कार्यक्रमको संचालन कार्यक्रम संयोजक तथा रिजनल सर्भिस डाइरेक्टर कृष्ण रानाभाटले गरेका थिए ।
सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।


हेमजामा शैक्षिक चेतनाको विकास र विस्तारमा महत्वपूर्ण योगदान पु¥याउने शिक्षासेवी लक्ष्मीशरण उपाध्यायलाई…






