पोखराको काहुँडाँडामा भिषण आगलागी, बस्ती जोखिममा


     एभरेस्ट आवाज    
     चैत्र ५ गते २०८० मा प्रकाशित




पोखरा । पोखराको काहुँडाँडामा भिषण आगलागी भएको छ ।

पोखरा–११ स्थित काहुँडाडामा सोमबार राती करिव ९ बजेको समयमा नजिकैको जंगलबाट सल्किएको आगो भिषणरुपमा फैलिएको छ ।

अहिले आगो निभाउन दमकल, नेपाल प्रहरी, सशस्त्र प्रहरी तथा स्थानिय प्रयासरत रहेका छन् ।

जंगलबाट नजिकै रहेको बस्ती जोखिममा परेको छ । आगो लागिरहेको स्थान र बस्कीको दुरी करिव एक सय मिटरको फरकमा मात्रै रहेको हुँदा उक्त वस्ती जोखिममा रहेको स्थानियले एभरेस्ट आवाज डटकमलाई जानकारी दिए ।
आगलागी के कारणले लाग्यो भन्ने खुल्न सकेको छैन् ।


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।