पोखरा, चैत ९
पोखराको पुम्दीभुम्दीमा भोलि ‘पाईन खबर साँझ’ आयोजना हुँदैछ । ईन्द्रेणी थिएटरको आयोजनामा पोखरा महानगरपालिका वडा नम्बर–२२ पुम्दीभुम्दीस्थित ईन्द्रेणी थियटरमा भोलि ‘पाईन खबर साँझ’ कार्यक्रम हुन लागेको हो ।
बरिष्ठ लोक गायिका हरिदेवी कोइरालाको ‘पाईन खबर, घर फर्की आउनु है मेरो हजुर’ कालजयी गीतलाई थिम बनाएर कार्यक्रम गरिन लागेको हो । कार्यक्रमको सम्पूर्ण तयारी पूरा भएको कार्यक्रम संयोजक केदार पौडेलले जानकारी दिए । भोलि अपराह्न ४ बजेदेखि हुने कार्यक्रममा पोखरेली स्वर किन्नरी हरिदेवी कोइराला गुञ्जिनेछिन् । करीब २ घण्टा हुने कार्यक्रममा उनलाई पदमराज ढकाल, दीलिप गायक, नवराज बराल, महेन्द्रराज बराल, रामजी पौडेल लगायतका कलाकारहरूले साथ दिनेछन् ।
प्राय सबै कार्यक्रम मुख्य बजार क्षेत्रमा भइरहँदा ग्रामिण क्षेत्रलाई केन्द्रीत गरेर ‘पाईन खबर साँझ’ हुन लागेको हो । यसले पोखरा मुख्य बजार क्षेत्रमात्र नभई नजिकका ओझेलमा परेका सबै ठाउँ हो भन्ने सन्देश दिनेछ । कार्यक्रम संयोजक पौडेलले गाउँमापनि राम्रो कार्यक्रम गर्न सकिन्छ भन्ने सन्देश दिन पुम्दीभुम्दीमा कार्यक्रम गर्न लागिएको बताए । उनले भने,‘गाउँमै पनि एउटा स्तरीय कार्यक्रम गर्न सकिन्छ र गाउँमा पनि दर्शक छन् भन्ने प्रमाणित गर्न पनि कार्यक्रम महत्वपूर्ण हुनेछ ।’
लाईभ वाद्यवादनमा पोखरेली स्वर किन्नरी हरिदेवी कोईरालाले प्रस्तुती दिने उनले बताए ।
सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।


जापानको इची–नागोयामा जारी २०औँ एसियाली खेलकुद प्रतियोगिताअन्तर्गत महिला कबड्डी खेलमा नेपालले कास्य…






