फाइल तस्विर
पोखरा, चैत १०
नेकपा एमालेका महासचिव शंकर पोखरेलले पोखरा अन्र्तराष्ट्रिय विमानस्थललाई साँच्चिकै अन्र्तराष्ट्रिय विमानस्थल बनाउन एमालेलाई पर्खिएको छ कि जस्तो लागेको भएको बताएका छन् । एमाले कास्कीको एघारौं अधिवेशनलाई शनिबार पोखरामा सम्बोधन गर्दै उनले भने,‘हामीले बनाएका छौं पोखरा अन्र्तराष्ट्रिय विमानस्थल तर चलाउन सकेका छैनौं । यो चलाउन सायद एमाले पर्खिरहेको छ कि जस्तो लाग्छ । एमाले सरकारमा जोडिएपछि यो विमानस्थललाई साँच्चिकै अन्र्तराष्ट्रिय विमानस्थल बनाउने प्रयास हाम्रो हुनेछ । यसले पर्यटनको आधार तयार गर्नेछ ।’
महासचिव पोखरेलले पोखरालाई नेपालको पर्यटनको राजधानी घोषणा गर्नुमात्रै सबैथोक नभएको बताए । यसका लागि केहि पहलकदमी लिन आवश्यक रहेको बताउँदै उनले भने,‘साँच्चै पर्यटकीय राजधानीका रुपमा कुनै क्षेत्रको विकास गर्दछौं भने मुलुकमा ११, १२ लाख पर्यटक भित्रिए भने केक काटेर जस्न मनाउँछौं । ६ प्रकारको सिजन, पोखरामा बसेर हिमाल हेर्ने, यस्तो ठाउँमा पर्यटक नगन्य आउँछन् । यसको प्रचारप्रसार गर्न जरुरी छ ।’
सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।


सन्देश श्रेष्ठपोखरा, असोज १५ फ्लाई दुबईले पोखरा–दुबई उडान शुरु गरेसँगै पोखरेली पर्यटन…







