प्रियाः मुक्तक संग्रहको पोखरामा लोकार्पण तथा परिचर्चा


     एभरेस्ट आवाज    
     चैत्र १० गते २०८० मा प्रकाशित




चैत १० पोखरा । त्रिभुवन विश्वविद्यालयका उपप्राध्यापक सुरज पौडेलद्वारा लिखित प्रियाः मुक्तक सङग्रहको शनिवार एक कार्यक्रमका बीच लोकार्पण गरिएको छ । सिर्जनशील लोकतान्त्रिक प्रतिष्ठान पोखराको आयोजनामा भएको कार्यक्रमका बीच लेखक तथा शिक्षाविद् विष्णुप्रसाद अधिकारीले उक्त कृर्ति लोकार्पण गरेका हुन् ।

कृर्ति लोकार्पण गर्दै अधिकारीले प्राध्यापक निष्कलङक हुनुपर्नेमा जोड दिर्दै साहित्यको शक्ति जीवन्त रहने औँल्याए। उनले विद्यार्थीहरुमा नैतिक आचारण सिकाउन सुझाव दिर्दै सबै कुरालाई आर्थिक नजरले मात्रै हेर्ने पारीपाटीको अन्त्य गर्नुपर्ने सुझाए ।पछिल्लो समय प्राध्यापकहरु राजनीतिक रुपमा प्रतिबद्ध रहदाँ प्राज्ञिक मूल्यमान्यता हराउँदै गएको तर्फ उनले सचेत गराए ।

प्रतिष्ठानका पूर्व अध्यक्ष दीपेन्द्र पराजुलीले प्रिया मुक्तकसङग्रहलाई हरेक कोणबाट नियाल्न सकिने स्पष्ट पार्दै सष्ट्रालाई व्यक्तिबाट माथि उठी व्यक्तित्वका रुपमा चिन्नुपर्ने बताए ।

परिचर्चाकार डा. श्रीधर न्यौपानेले कविताको लधुत्तम एकाइका रुपमा मुक्तकलाई चिनाउँदै समग्रमा प्रणायमूलक विषयवस्तु समेटी सङग्रह प्रकाशन गरिएको स्पष्ट पारे । उनले विषय संयोजनका दृष्टिले सङग्रह सवल कृर्ति रहेको भन्दै त्यसमा गहन विम्व प्रतिकको संयोजन भएको जनाए । कृर्तिमा अनुभुतिलाई हतारो गर्दा कतिपय शब्दसंयोजन तथा वर्णविन्यासगत त्रुटि फेला परेको भन्दै परिचर्चाकार डा। न्यौपानेले कतिपय मुक्तकहरु विषयान्तर भएको धारणा राखे।

सर्जक पौडेलले प्रिया जन्मनुमा सहकर्मीहरुको महत्वपूर्ण योगदान रहेको स्मरण गर्दै अध्ययन गरी सुझाव दिन आम पाठकमा आग्रह गरे ।

प्रतिष्ठानका पूर्व अध्यक्ष डा. भूमिराज बस्ताकोटीले सष्टा परिचय राख्दै सरल, मिलनसार, वचनबद्ध व्यक्तित्वका रुपमा कृर्तिका लेखक पौडेललाई चिनाए । कार्यक्रममा धुब्रराज पौडेल, जय चापागाई लगायतको समूहले साङगीतिक प्रस्तुति राख्यो ।

त्यस्तै रीता अधिकारी, श्रीराम अधिकारी, प्रतिष्ठानका कोषाध्यक्ष हरिश्चन्द्र भण्डारी लगायतले रचना वाचन गरे ।

प्रतिष्ठानका अध्यक्ष विष्णुप्रसाद शर्माको अध्यक्षतामा भएको उक्त कार्यक्रममा उपाध्यक्ष हिममाया पौडेलले स्वागत तथा सचिव डा।भानुभक्त आचार्यले कार्यक्रम संचालन गरे । ९६ पृष्ठ लम्बाईको उक्त कृर्तिमा कुल एक सय ५५ मुक्तक सङग्रहित छन्।


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।