नेकपा एमालेका सचिव गोकर्ण विष्टले एमालेमा मनपरे दिसापनि बसाउने र मन नपर्दा श्वासपनि गन्हाउने प्रवृत्ति हाबी रहेको टिप्पणी गरेका छन् । नेकपा एमाले कास्कीको एघारौं अधिवेशनको उद्घाटन शत्रमा शनिबार बोल्दै उनले घुमाउरो भाषामा पार्टीमा गुट मौलाएको र त्यसको असर कार्यकर्तासम्म पुगेको बताए । उनले भने,‘एउटा कमरेडले अर्को कमरेडलाई टाढा देख्ने अतिवादहरु पार्टीमा बेलाबेला देखिनेगरेका छन्, जस्तो कि मन प¥यो भने फलाना कमरेडको आचीपनि कस्तो बसाको, मन परेन भने फलानो कमरेड त परैबाट आउँदापनि कस्तो ह्वास्स गन्हाको । यो प्रकारको अतिवाद र संस्कारबाट माथि उठ्न जरुरी छ ।’ उनले यसको गम्भिरताका साथ समीक्षा गर्न जरुरी रहेको बताए ।
सचिव विष्टले सरकारमा हुँदैमा भुईं छाड्ने र सरकारमा नहुँदैमा आकाश खसेजस्तो नगर्न नेता कार्यकर्तालाई आग्रह गरे । उनले भने,‘सरकारमा हुँदा रामराज्य र नहुँदा आकाश खसेजस्तो गर्ने प्रकारको अतिवाद हाम्रो पार्टीमा छ, यसबाट पार्टी पंक्ति मुक्त हुन जरुरी छ ।’ उनले आर्थिक संकट र न्यून बजेट खर्च भएको चुनौतिपूर्ण घडीमा एमाले सरकारमा गएको बताए । ती चुनौति पार गर्न एमाले सक्षम र सबल हुनुपर्ने भन्दै उनले भने,‘ती चुनौतिहरु पार गर्न सक्यौं भने एमालेको जनमत थपिनेछ, नत्र घट्नेछ ।’
सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।


सन्देश श्रेष्ठपोखरा, असोज १४ नेपाली कांग्रेस ईतर पक्षका नेता प्रकाशशरण महतले नेतृत्व…







