पोखरा, चैत ११
रंगहरुको पर्व होलीमा पर्यटकपनि रमाएका छन् । नेपालीले मनाउने रंगहरुको पर्व होलीमा पोखरा घुम्न आएका पर्यटकहरुपनि रमाएका हुन् ।
यूके, अमेरिका, अष्ट्रेलिया, चीन, भारतबाट आएका पर्यटकहरु आपसमा रंग दलेर ‘ह्याप्पी होली’ भन्दै रमाए । उनीहरु नेपालीले आयोजना गरेको होली कार्यक्रम, कन्सर्टलगायतमा सहभागिहुँदै सांगीतिक माहोलमा झुमेकोसमेत देखिए ।
होलीको अवसरमा रेष्टुरेण्ट एण्ड बार एशोसियसन (रेवान) पोखराले शुभकामना आदानप्रदान कार्यक्रम गरेको छ । पोखरा सांगीतिक कलाकार संघले पोखराको लेकसाईडस्थित क्याम्पिङचौरमा होली म्यूजिक फेष्टिभल आयोजना गरेको छ । त्यसबाहेक लेकसाईडको सेन्टर प्वाईन्ट, वाराहीघाटलगायत पोखराका विभिन्न ठाउँमा होली उत्सव कार्यक्रम भइरहेका छन् ।
पोखरामा ओम शान्ति, नेपाल पत्रकार महासंघ कास्की, नेवा खल कास्कीलगायतले संस्थागत रुपमा सामुहिक फागु पूर्णिमा र होली मनाएका छन् ।
सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।


पोखराबाटै निर्माण गरिएको नेपाली चलचित्र ‘बुकी फूल’को सम्पूर्ण छायांकन सम्पन्न भएको छ।…







