पोखरा । जेसिआई पोखरा लेडीको अन्तरपर्सनल रिलेसनशिपका विषयमा अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ । जेसिआई पोखरा लेडीका बर्ष २०२४ का अध्यक्ष जेसि गायत्री फुयालको अध्यक्षतामा आज पोखरामा संस्थाका पुर्बअध्यक्षहरुसंग उक्त कार्यक्रम गरिएको हो ।
कार्यक्रममा नवआगन्तुक जेसिजहरु तथा पुर्बअध्यक्षको अनुभब र तत्कालिन अबस्थामा पोखरा लेडी जेसिजको गरीमा र गौरबमय इतिहासको बारेमा महत्वपुर्ण छलफल गरिएको थियो ।
कार्यक्रममा जेसिआई पोखरा लेडीका पुर्व अध्यक्ष तथा जेसिआई पोखरा लेडि बर्ष २०२१ का अध्यक्ष कमला शर्मा कडेल ,जेसिआई पोखरा लेडी बर्ष २०१९ का अध्यक्ष जेसि सपना गिरी ,जेसिआई पोखरा लेडी बर्ष २०१८ का अध्यक्ष सन्तु पौडेल ,जेसिआई पोखरा लेडी बर्ष २०१६ का अध्यक्ष जेसिआई सिनेटर प्रमिला सुबेदी,जेसिआई पोखरा लेडी बर्ष २०१५ का अध्यक्ष जोर्जिना भट्टराई ,जेसिआई पोखरा लेडी बर्ष २०१३ का अध्यक्ष जेसिआई सिनेटर बसन्त केसि,जेसिआई पोखरा लेडी बर्ष २०१० का अध्यक्ष गिता सिग्देल ,जेसिआई पोखरा लेडी बर्ष २००८ तथा नेपाल जेसिज बर्ष २००९ का उपाध्यक्ष सुनयना पालीखे ,जेसिआई पोखरा लेडी बर्ष २००७ का अध्यक्ष मिनु श्रेष्ठ ,जेसि आई पोखरा लेडी बर्श २००६ का अध्यक्ष सजना महत ,जेसिआई पोखरा लेडी बर्ष २००५ का अध्यक्ष तथा नेपाल जेसिज बर्ष २०१४ का कार्यकरणी उपाध्यक्ष साथै बर्ष २०२४ का केन्द्रिय अध्यक्ष संगिता पौड्याल ,जेसिआई पोखरा लेडी बर्ष १९९७ का अध्यक्ष सितादेबी गुरुङ लगाएतको उपस्थिती रहेको थियो ।
कार्यक्रममा उपाध्यक्ष जेसी रिता पाण्डेले स्वागत स्वागत मन्तव्य, संस्थाका कोषाध्यक्ष जेसि संगिता अधिकारीले उपस्थितीलाई धन्यबाद ज्ञापन गरेका थिए भने कार्यक्रमको सञ्चालन संस्थाका सचिव सचिब जेसि नन्दकुमारी ढंगानाले गरेकी थिईन् ।
साथै आस्था पाठको अगुवाई तालिम आयुक्त जेसि रचना अधिकारीले गरेकी थिईन् ।
सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।


पोखरा । पोखरा लेडी जेसिजको वर्ष २०२७ को अध्यक्षमा नन्दकुमारी सुवेदी ढुंगाना…







