चैत १३ पर्वत । कानुन, न्याय तथा संसदीय मामिलामन्त्री पदम गिरीले राजनीतिक स्थिरता र स्थायित्वका लागि नयाँ समीकरण बनेको स्पष्ट पारेका छन् ।
नेकपा (एमाले) जिल्ला कमिटी पर्वतको सचिवालय बैठकलाई आज सम्बोधन गर्दै उनले दुई ठूला कम्युनिष्ट पार्टीसहित बनेको यो गठबन्धन स्वभाविक प्रक्रिया भएको बताए ।
मन्त्री गिरीले पछिल्लो समय देखिएको आर्थिकमन्दी र बढ्दो भ्रष्टाचारलाई न्यूनीकरण गर्नु सरकारको मुख्य ध्येय रहेको बताए । उनले भने, “नयाँ समीकरण बनेसँगै देशले राजनीतिक निकास पाउने र विकासले फड्को मार्ने छ । नयाँ गठबन्धन तत्काल टुट्दैन । ”एमाले केन्द्रीय सदस्यसमेत रहेका मन्त्री गिरीले एमाले पर्वतको दशौँ जिल्ला अधिवेशनबाट सहमतिमै नेतृत्व चयन गर्नसमेत सुझाव दिए । रासस
सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।


सन्देश श्रेष्ठपोखरा, असोज १४ नेपाली कांग्रेस ईतर पक्षका नेता प्रकाशशरण महतले नेतृत्व…







