पोखरा । नेकपा एमाले कास्कीको नया नेतृत्व चयनका लागि मतदान जारी छ । आईतबारदेखि शुरु भएको अधिवेशन अन्तर्गत मंगलबार साँझ ७ बजेदेखि मतदान शुरु भएको थियो ।
हिजो बेलुकादेखि शुरु भएको मतदान अहिलेपनि जारी रहेको निर्वाचन समितिले जनाएको छ । ९३५ सदस्य प्रतिनिधि रहेकोमा अहिलेसम्म ८२५ जनाले मतदान गरिसकेको निर्वाचन समितिका सदस्य शंकर सैंजुले जानकारी दिए ।
नेकपा एमाले कास्कीको नया नेतृत्व चयनका लागि भइरहेको निर्वाचनमा भोटिङ मेसिनको प्रयोग गरिएको छ । जसमा मतदान गर्नका लागि एक जनालाई ९ मिनेदेखि ४४ मिनेटसम्म लाग्ने गरेको मतदाताहरुले बताएका छन् । सोहि कारण मतदानमा ढिलाई भएको उनीहरुको भनाई छ । अहिले पानी परिरहेकाले मतदातालाई केहि कठिनाई भएको छ ।
एमाले कास्कीको नया नेतृत्वका लागि पार्टी उपमहासचिव पृथ्वी सुब्बा गुरुङ र पूर्व संगठन विभाग प्रमुख खगराज अधिकारी समूहको भिडन्त छ । दुबै समूहले आ(आफू अनुकुल पात्र प्यानलसहित उठाएका छन् ।
एमाले कास्कीको अध्यक्षमा तीन जनाबीच भिडन्त छ । आगामी तीन वर्षे कार्यकालका लागि पिएस समूहबाट माधव बास्तोला र खगराज अधिकारी समूहबाट बैनबहादुर अधिकारी क्षेत्रीले उम्मेदवारी दिएका छन् । दुई समूहको भिडन्तमा विद्यार्थी नेता विवेक त्रिपाठीले चुनौति दिदै उम्मेदवारी दिएका छन् । तीन जनाको उम्मेदवारी परेपनि अधिकारी र बास्तोला बीच नै प्रतिष्पर्धा हुने विश्लेषण गरिएको छ ।
त्यसैगरी उपाध्यक्षमा पिएस समूहबाट शिव आचार्य र खगराज समूहबाट भेषराज बरालबीच प्रतिष्पर्धा हुँदैछ । सचिवमा पिएस समूहबाट सुरेन्द्र गुरुङ र खगराज समूहबाट दर्शन लामाले उम्मेदवारी दिएका छन् । दुई उपसचिवमा पिएस समूहबाट राधिका शाही योगी र सीता परियार तथा खगराज समूहबाट लालबहादुरपरियार र सन्तु सुवेदीले उम्मेद्वारी दिएका छन् ।
सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।


सन्देश श्रेष्ठपोखरा, असोज १४ नेपाली कांग्रेस ईतर पक्षका नेता प्रकाशशरण महतले नेतृत्व…







