पोखरा महानगरपालिका वडा नं १५ तल्लो नयाँगाँउ, अन्नपुर्ण मार्ग स्थित अस्थायी प्रहरी पोष्ट टुटुङ्गाको नवनिर्मित भवनको उद्घाटन गरिएको छ ।
नवनिर्मित भवन निर्माण समितिका अध्यक्ष शिव बहादुर बानियाँको अध्यक्षतामा गण्डकी प्रदेश प्रहरी कार्यालय पोखराका प्रमुख प्रहरी नायव महानिरीक्षक विकासराज खनालको प्रमुख आतिथ्यतामा उद्घाटन कार्यक्रम सम्पन्न भएको हो ।
जिल्ला प्रहरी कार्यालय कास्कीका प्रहरी नायव उपरीक्षक श्रबण कुमार बिक, पोखरा महानगरालिका वडा नं १५ का वडा अध्यक्ष तोरण बहादुर बानियाँ, पोखरा म.न.पा.वडा नं. १४ का वडा अध्यक्ष बोधराज कार्की तथा स्थानीय जनप्रतिनिधी, विभिन्न आमा समूह, क्लव, विभिन्न संघ संस्थाका पदाधिकारीहरु, समाजसेवी लगायत पत्रकारहरुको समेत उपस्थिती रहेको थियो ।
उक्त अस्थायी प्रहरी पोष्टको भवन पोखरा महानगरपालिका-१५ को वडा कार्यालय, स्थानिय आमा समूह, क्लव, संघसंस्था तथा व्यक्तिहरूको आर्थिक सहयोगमा निर्माण गरिएको भवन निर्माण समितीका अध्यक्ष शिव बहादुर बानियाँले बताए ।
कार्यक्रममा बोल्दै प्रमुख प्र.ना.म.नि. विकासराज खनालले प्रहरी र नागरिकको एक आपसमा सहकार्य र सहयोग विना समाजमा शान्ति सुरक्षा कायम हुन नसक्ने बताए । समाजमा हुने विभिन्न अपराधिक घटना र अपराधिक व्यक्तिहरुको सूचना नेपाल प्रहरीको १०० नम्बरमा टेलिफोन गरी जानकारी गराउन सम्पूर्ण स्थानियबासीमा आग्रह समेत गरेका थिए ।
सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।


पोखरा । पोखरा लेडी जेसिजको वर्ष २०२७ को अध्यक्षमा नन्दकुमारी सुवेदी ढुंगाना…







