लक्ष्मी माविमा भुपू विद्यार्थी एशोसियसन गठन


     एभरेस्ट आवाज    
     चैत्र १८ गते २०८० मा प्रकाशित




पोखरा । पोखरा महानगरपालिका वडा नं २६ को अर्घौंस्थित लक्ष्मी माविमा भु.पू विद्याथीहरुको भेलाले एशोसियसनलाई पुनःगठन गरेको छ ।

एशोसियन गठन भएर पनि सुसुप्त अवस्थामा रहेको र समितिका केही सदस्यहरु बाहिर रहेकाले समितिलाई पुर्णता दिनका लागि संस्थापक तदर्थ समितिका संयोजक गोविन्द भण्डारीको संयोजकत्वमा नयाँ समिति चयन गरिएको हो ।

विद्यालयका प्रधानाध्याक जगनाथ अधिकारीको अध्यक्षतामा भएको भेलाले समितिलाई सक्रिय बनाउँदै वि.स २०४८ साल देखिका भुपू विद्यार्थीहरुलाई समेट्ने गरि समितिलाई पुर्णता दिएको हो ।

नवगठित समितिको सह संयोजकमा रोहित वराल,सचिवमा गगंधर वराल,कोषाध्यक्षमा सविता बराल र सदस्यहरुमा उदिपराज ढुगाना,भुपेन्द्र केसी, भीमपाणि बराल, सितल ढुंगाना र आनन्द बजगाई रहेका छन् ।


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।