पोखरा । पोखराको बाटुलेचौरमा रहेको ऐतिहासिक तथा धार्मिक स्थल कालिका मन्दिर परिसरमा सरसफाई गरिएको छ ।
६७ औं राष्ट्रिय सहकारी दिवसको अवसरमा श्री गाउँ विकास समाज सहकारी संस्थाको आयोजनामा भएको कार्यक्रममा मन्दिर परिसरमा रहेको फोहर संकलन गरी व्यवस्थापन गरिएको छ । कुहिने र नकुहिने फोहरलाई वर्गिकरण गरी व्यवस्थापन गरिएको हिमालय क्लवका पुर्व अध्यक्ष मोहन वहादुर थापाले जानकारी दिए ।
सहभागीले जथाभावि फोहर नफाल्न र धार्मिक क्षेत्रलाई शोभायमान वनाउन आग्रह गरेका थिए । यस अघि सहकारी संस्थाका अध्यक्ष कर्ण वहादुर खड्कालाई फोहर संकलन सामाग्री हस्तान्तरण गर्दै हिमालय क्लवका अध्यक्ष सुशील वस्नेतले सहकारीले समाजमा हुने रचनात्मक कार्यक्रममा आफ्ना शेयर सदस्यलाई परिचालन गर्नुपर्नेमा जोड दिए ।
सहकारी संस्थाका अध्यक्ष खड्काको अध्यक्षतामा भएको कार्यक्रममा सहकारीका सल्लाहकार दुर्गा केसी थापा, केभसिटी पर्यटन सहकारीका अध्यक्ष वेनी वहादुर वस्नेत, सल्लाहकार चित्र वहादुर थापा लगायतले धार्मिक तथा ऐतिहासिक सम्पदाको संरक्षण तथा सरसफाईमा यस क्षेत्रका संघ संस्थाले भुमिका खेल्नुपर्ने वताए ।कार्यक्रममा केभसिटी पर्यटन सहकारी र बाटुलेचौर हिमालय कृषि सहकारीका शेयर सदस्यले पनि सहभागिता जनाएका थिए ।
सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।


पोखरा । पोखरा लेडी जेसिजको वर्ष २०२७ को अध्यक्षमा नन्दकुमारी सुवेदी ढुंगाना…







