दमौलीमा क्षेत्री समाज नेपालको केन्द्रीय महाधिवेशन हुने


     एभरेस्ट आवाज    
     चैत्र १९ गते २०८० मा प्रकाशित




पोखरा । क्षेत्री समाज नेपालले चैतको अन्तिम साता चौथो केन्द्रीय महाधिवेशन गर्ने भएको छ । सामाजले सोमबार पोखरामा पत्रकार सम्मेलनको आयोजना गर्दै यही चैत २५ र २६ गते तनहुँको दमौलीमा चौंथो केन्द्रिय महाधिवेशन गर्न लागेको जनाएको हो ।

दुई दिनसम्म सञ्चालन हुने महाधिवेशन सम्पन्न गर्न वर्तमान केन्द्रीय कार्यसमिति आयोजक समिति रही स्थानीय आयोजक व्यवस्थापनका लागि तनहूँ जिल्ला समिति मातहत विभिन्न उप–समितिहरु गठन गरिएको क्षेत्री समाजका अध्यक्ष प्रा.डा.दीलबहादुर क्षेत्रीले जानकारी दिए ।

महाधिवेशनको पहिलो दिन दमौली बजारमा सारुन नाच, सांस्कृतिक प्रस्तुती सहितको र्याली निकालिने छ । दमौलीको खुल्ला मैदानमा उद्घाटन शत्र, बन्द शत्र र नेतृत्व परिवर्तनका लागि निर्वाचन कार्यक्रम गरिने महासचिव केश बहादुर केसीले जानकारी दिए । उपाध्यक्ष कृष्ण थापाले विविध विषयमा जानकारी दिदैं महाधिवेशनको आम सञ्चारको माध्यमबाट प्रसारण र प्रकाशनका गरिदिन आग्रह गरे ।

‘राष्ट्रिय अखण्डता र जातीय सद्भावका लागि क्षत्री एकता आजको आवश्यकता’ भन्ने मूल मन्त्रसहित वि.सं. २०५३ देखि आम खस क्षत्रीहरुको साझा संस्थाको रुपमा क्षत्री समाज नेपाल निरन्तर सकृय रहँदै आएको छ ।

समाजको स्थापनादेखि पोखरामा केन्द्रीय कार्यालय रही देशभर समाजको समितिहरु निर्माण अन्तर्गत केन्द्र, विभिन्न समाजहरु प्रदेश, जिल्ला, नगर, गाउँ र वडास्तरसम्म समाजको गतिविधिलाई क्षेत्री समाजले अगाडि बढाइरहेको छ ।


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।