पोखरा, चैत २१
गण्डकी प्रदेशमा बहुमतको सरकार गठनका लागि आह्वान भएको छ । गण्डकी प्रदेश प्रमुख डिल्लीराज भट्टले ७ दिनको समयसीमा दिएर बहुमतको सरकार गठनका लागि आह्वान गरेका हुन् ।
गण्डकीका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले आजै पदबाट राजिनामा दिएका थिए । उनले राजिनामा दिएलगत्तै प्रदेश प्रमुख भट्टले नेपालको संविधानको धारा १६८ को उपधारा (२) बमोजिम दुई वा दुई भन्दा बढी दलहरुको समर्थनमा यहि चैत २७ गते अपराह्न ३ बजेसम्म सरकार गठनका लागि आह्वान गरेको प्रदेश प्रमुखको सचिवालयले जनाएको छ ।
सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।


सन्देश श्रेष्ठपोखरा, असोज १५ फ्लाई दुबईले पोखरा–दुबई उडान शुरु गरेसँगै पोखरेली पर्यटन…







