गोखरा । दश महिनादेखि जिल्ला प्रहरी कार्यालय गोरखाको विशेष सुरक्षाअन्तर्गत प्र्रहरी कार्यालयमा राखिएको टल्कने ढुङ्गा ‘क्वार्ज क्रिष्टल’ ऐतिहासिक गोरखा दरबारमा प्रतिस्थापन गर्न सबै तयारी पूरा भएको छ ।
दरबारभित्र रहेको तत्कालीन राजा पृथ्वीनारायण शाहको गद्दी कोठामा विशेष सुरक्षाका साथ आज ‘क्वार्ज क्रिष्टल’ राख्न लागिएको गोरखा नगरपालिकाका नगरप्रमुख कृष्णबहादुर रानामगरले जानकारी दिए ।
“क्वार्ज क्रिष्टल राख्नका लागि विशेष सुरक्षायुक्त सिसाको बाकस निर्माण गरिएको छ”, उनले भने, “उक्त बाकस टेबलमाथि राख्ने र चौबिसैघण्टा निगरानीका लागि सिसी क्यामेरा समेत जडान गरिएको छ ।” नगरप्रमुख रानामगरले क्वार्ज क्रिष्टल राख्न लागिएको गद्दी कक्षमा विशेष बत्तीको व्यवस्था गरिसकिएको जानकारी दिए ।
“गद्दी कोठामा राखिएको क्वार्ज क्रिष्टल दरबारमा पुग्ने सबै दर्शनाथी, आन्तरिक तथा बाह्य पर्यटकले झ्यालबाट अवलोकन गर्नसक्ने व्यवस्था मिलाएका छौँ”, नगरप्रमुख रानामगरले भने, “उक्त क्वार्ज क्रिष्टल प्रतिस्थापनका लागि प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ आज गोरखा आउने कार्यक्रम छ ।” प्रधानमन्त्रीले एक कार्यक्रमकाबीच गोरखा दरबारमा क्वार्ज क्रिष्टल प्रतिस्थापन गर्नुहुने उनले जानकारी दिए ।
महँगो मूल्यमा किनबेच हुन लागेको गोप्य सूचनाका आधारमा गत असार १४ गते गोरखा नगरपालिका–७ सतिपीपलस्थित राममाया शाहीको घरबाट प्रहरीले उक्त क्वार्ज क्रिष्टल बरामद गरेको थियो । उक्त ‘क्वार्ज क्रिष्टल’ को भूगर्भविद्हरुको टोलीले गोरखामा आएर दुई दिन लगाएर परीक्षण गरेका थिए ।
परीक्षणबाट उक्त ढुङ्गा महत्वपूर्ण र बहुमूल्य रत्नपत्थर (क्वार्ज क्रिष्टल) भएको र संसारभरका धातुलाई कडापनका आधारमा १० भागमा वर्गीकरण गर्ने गरिएकामा बरामद गरिएको ढुङ्गा सातौँ नम्बरमा पर्ने भूगर्भविद्ले जानकारी गराएका थिए । उक्त ढुङ्गा ५२ किलो तीन सय ३० ग्राम रहेको छ । यसले गोरखाको पर्यटन प्रवर्द्धनमा सहयोग पुग्ने नगरपालिकाले विश्वास लिएको छ ।रासस
सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।


पोखरा । पोखरा लेडी जेसिजको वर्ष २०२७ को अध्यक्षमा नन्दकुमारी सुवेदी ढुंगाना…







