पोखरा । पौडेल वंश महासंघ नेपाल गण्डकी प्रदेशको दोस्रो अधिवेशनले नयाँ कार्यसमिती चयन गरेको छ । ‘पौडेल थर, हाम्रो साझा घर’ भन्ने मुल नारासहित पोखरामा सम्पन्न भएको अधिवेशनले नयाँ कार्यसमिती चयन गरेको हो ।
अधिवेशनबाट अध्यक्षमा रामजी पौडेल, उपाध्यक्षमा अमृत कुमार पौडेल, सचिवमा धनन्वय पौडेल, कोषाध्यक्षमा कृष्णप्रसाद पौडेल चयन गरेको छ । यस्तै सहसचिवमा भानुमक्त पौडेल चयन भएका छन् ।
सदस्यहरुमा हेरम्वशर्मा पौडेल, कोषराज पौडेल, पार्वती वाग्ले पौडेल, मुक्तिनाथ पौडेल र बद्री कुमार पौडेल चयन भएका छन् ।
अधिवेशनको उद्घाटन गर्दै महासंघका केन्द्रिय अध्यक्ष हरिराम पौडेलले विभिन्न ठाउँमा छरिएर कुल पुजा गर्दै आएका पौडेल बन्धुहरुलाई यस पौडेल वंश महासंघ नेपालमा आवद्ध भई एउटै तिथिमा पुजा गर्न आग्रह गरेका थिए ।
कार्यक्रममा पौडेल वंशमा उल्लेखनीय योगदान गर्नुहुने युवा व्यवसायी नाराण पौडेल र होटल दिपसागरका संचालक एवं व्यवसायी केपी शर्मालाई केन्द्रीय अध्यक्ष लगायतले दोसल्ला ओढाई सम्मान पत्रले सम्मान गरिएको थियो ।
सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।


पोखरा । पोखरा लेडी जेसिजको वर्ष २०२७ को अध्यक्षमा नन्दकुमारी सुवेदी ढुंगाना…







