स्याङ्जाको आँधीखोलामा पौडी खेल्ने क्रममा डुबेर बालकको मृत्यु


     एभरेस्ट आवाज    
     चैत्र २७ गते २०८० मा प्रकाशित




साङ्केतिक तस्विर

स्याङ्जाको आँधीखोलामा पौडी खेल्ने क्रममा डुबेर आज बिहान बालकको मृत्यु भएको छ । गल्याङ प्रहरी चौकीका अनुसार गल्याङ नगरपालिका-२ गराङ्दी बस्ने भरत रानाका १४ वर्षीय छोरा युनिक रानाको डुबेर मृत्यु भएको हो ।

छ जना साथीहरु पौडी खेल्न गएका थिए । राना पानीको रहमा डुबेपछि स्थानीयवासीले गल्याङ प्रहरी चौकीलाई खबर गरेका थिए । बिहान १०:३० बजे रहमा बेपत्ता भएका रानाको खोजी गर्दा मृत फेला परेका हुन् ।

रानाको शव परीक्षणका लागि वालिङस्थित गह्रौं प्राथमिक अस्पतालमा पठाइएको गल्याङ प्रहरी चौकीले जनाएको छ । रानासँगै पौडी खेल्न गएका उनका साथीहरुलाइ प्रहरीले सोधपुछ थालेको छ । रासस


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।