कांग्रेसका पुराना र निष्ठावान नेता पौडेलको निधन


     एभरेस्ट आवाज    
     चैत्र ३० गते २०८० मा प्रकाशित




पोखरा, चैत ३०

नेपाली काँग्रेसका पुराना तथा निष्ठावान नेता खेमराज पौडेलको निधन भएको छ । पोखराको फेवासिटी अस्पतालमा उपचाररत ८१ वर्षिय पौडेलको आज विहान करीब ११ बजे निधन भएको पारिवारिक श्रोतले जनाएको छ ।

घाँटी र फोक्सो क्यान्सरबाट पीडित पौडेल लामो समयदेखि उपचाररत थिए । कास्कीको तत्कालिन पुम्दीभुम्दी गाविस र हाल पोखरा महानगरपालिका–२२ पुम्दी स्थायी घर भएका पौडेल हाल कांग्रेस महासमिति सदस्य थिए ।

स्वर्गिय पौडेलको आजै रामघाटमा अन्त्येष्टी गरिने पारिवारिक श्रोतले जनाएको छ ।

पौडेल कास्की–२ बाट पराजित उम्मेदवार हुन् । तत्कालिन पर्यटन मन्त्री रबिन्द्र अधिकारीको हेलिकोप्टर दुर्घटनामा निधन भएपछी रिक्त कास्की–२ को उपचुनावमा उनी कांग्रेसबाट उम्मेदवार बनेका थिए । तर रबिन्द्र पत्नीसँग उनी पराजित भएका थिए ।

स्वर्गिय पौडेलकी श्रीमती, दुइ छोरा र दुई छोरी छन् ।


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।