भुलभुला देवी ट्रष्ट भवन उद्घाटन


     एभरेस्ट आवाज    
     वैशाख १ गते २०८१ मा प्रकाशित




वैशाख १ पोखरा । पोखरा महानगरपालिका वडा नं ३३ पुडिटारस्थित भुलभुला देवी मन्दिरको परिसरमा निर्मित ट्रष्ट भवन एक कार्यक्रमका बीच आज उद्घाटन गरिएको छ ।

पोखरा महानगरपालिका वडा नं ३३ कार्यलयबाट भुलभुला देवी मन्दिर संरक्षण समितिलाई ट्रष्ट निर्माणका लागि विनियोजित आठ लाख ५० हजार रुपैयाँको लागतमा भवन निर्माण गरिएको हो ।

भवनको भुलभुला देवी मेलाका अवसरमा पोखरा महानगरपालिका वडा नं ३३ का वडा अध्यक्ष रामचन्द्र अधिकारीले उद्घाटन गरेका हुन् ।

नवनिर्मित ट्रष्ट भवन मन्दिरको नियमित पूजाआजाका साथै विभिन्न धार्मिक अनुुष्ठानमा बहुउपयोगी बन्ने विश्वास लिइएको वडा अध्यक्ष अधिकारीले बताए ।

ढोर बाराही र छाब्दी बाराहीकी कान्छी बहिनीका रुपमा प्राचीन कालदेखि पूजाआजा गरिँदै आईएको भुलभुला बाराही मन्दिरलाई धार्मिक पर्यटकीय गन्तव्यका रुपमा विकास गर्न वडा कार्यालयले विभिन्न पूर्वाधार विकासका कामलाई जोड दिदै आएको छ । वडा कार्यालयले मन्दिर नजिकै रहेको डुुँडेको रहलाई पर्यटकीय रुपमा विकास गर्न समेत त्यहाँको पूर्वाधार विकासलाई प्राथमिकतामा राखेको छ ।

नमुना युवा क्लब पुडिटारको आयोजनामा भुलभुला देवी मेलाको अवसर पारी यही चैत २७ गतेदेखि बैशाख १ गतेसम्म दोस्रो वडा अध्यक्ष कप भलिबल प्रतियोगिता तथा सांस्कृतिक कार्यक्रम सञ्चालन गरिएको थियो ।

विभिन्न राष्ट्रिय कलाकारको प्रस्तुति रहेको मेलामा राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान गण्डकी प्रदेश नेपालका अनुशासन विभाग प्रमुख रामप्रसाद ढकालले सञ्चालन गरेका थिए ।


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।