पूर्व सासंद पुन परिवारद्वारा राधाकृष्ण बृद्धाश्रममा सहयोग


     एभरेस्ट आवाज    
     वैशाख १ गते २०८१ मा प्रकाशित




वैशाख १ पोखरा । वि स २०४३ सालमा कास्की जिल्लाबाट राष्ट्रिय सभा सांसद उत्तम पुनले पोखरा ३२ को बृद्धाश्रमलाई सहयोग गरेका छन् ।

नयाँ वर्ष २०८१ को अवसरमा पुन परिवारले आफ्ना वुवा हेमवहादुर पुनको नाममा स्थापना गरिएको हेमबहादुर पुन स्मृति प्रतिष्ठान नेपाल र सामाजिक कल्याण प्रतिष्ठान नेपालको संयुक्त आयोजनामा आश्रमका बृद्धबृद्धाको लागि खाद्यान्य ,फलफुल र तरकारी सहयोग गरिएको हो ।

हरेक वर्ष सामाजिक क्षेत्रमा सहयोग गर्दै आएको प्रतिष्ठानले लामेआहालस्थित राधाकृष्ण बृद्धाश्रमलाई सहयोग गरेको हो ।
स्मृती प्रतिष्ठानका संरक्षक तथा पूर्वमन्त्री समेत रहेका पुनले आश्रममा रहेका करिव ६० जना बृद्धबृद्धाका लागि आवस्यक पर्ने खाद्यान्न हस्तान्त्रण गर्दै आफुले बाल्यकालदेखि नै असाहाय, असक्तहरुका लागि सहयोग गर्दै आएको र आगामी दिनमापनि सामाजिक क्षेत्रमा सहयोग गर्नुलाई आफनो कर्तव्य ठानेको बताए ।

प्रतिष्ठानका अध्यक्ष क्याप्टेन रविन्द्र पुनले सामाजिक रुपले पछि परेका वर्गलाई आर्थिक रुपले माथी उठाउन र कोही पनि नेपाली भोकमरिको मारमा नपरोस् भन्ने उद्देश्यले प्रष्ठिान मार्फत सहयोग गर्दै आएको बताए ।

पुन परिवारले बृद्धाश्रमका अध्यक्ष प्रेम लिगल, कोषाध्यक्ष शिवबहादुर थापा र सह–सचिव रजनी लामिछानेलाई शनिवार आश्रममा पुगी एक कार्यक्रमकाविच उक्त सहयोग हस्तान्त्रण गरेका हुन् ।


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।