
साङ्केतिक तस्विर
पोखरा । पोखराको हेमजामा बिहीबार भएको बस दुर्घटनामा गम्भीर घाइते भएका एक जनाको शनिबार मृत्यु भएको छ ।
गत बिहीबार काठमाण्डौंबाट म्याग्दीको बेनीतर्फ जाँदै गरेको ग २ ख १६३० नम्वरको बस हेम्जामा दुर्घटना हुँदा गम्भीर घाइते भएका म्याग्दी मालिका गाउँपालिका १ दरवाङका ७२ बर्षीय नर बहादुर पुनको उपचारका क्रममा शनिबार दिउँसो मृत्यु भएको हो ।
उक्त बस गत बिहीबार पोखरा–२५ हेम्जाको सुइखेतमा दिउँसो २ः५० बजे बसका चालकले नियन्त्रण गुमाउँदा सडकको बाँया साईडमा पल्टिएको थियो । दुर्घटनामा बसमा सवार ८ जना घाईते भएका थिए । घाइतेमध्य अन्य ७ जना यसअघिनै सामान्य उपचार पश्चात डिस्चार्ज भइसकेका छन् ।
प्रहरीका अनुसार उक्त समयमा सह–चालक बेनी –४ तातोपानीका २५ बर्ष का बिनोद दर्जीले बस चलाएको खुल्न आएको छ । प्रहरीले बसका चालक बेनी–६ का ३२ बर्षका राजकुमार गैरेलाई नियन्त्रणमा लिएको छ ।
सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।