वैशाख ४ पोखरा । नेपाल राष्ट्रिय शिक्षक सङ्गठन कास्कीको नवनिर्वाचित जिल्ला समितिको पदस्थापन कार्यक्रम सम्पन्न भएको छ । गत चैत्र २९ गते सम्पन्न अधिवेशनबाट नवनिर्वाचित जिल्ला समितिलाई निवर्तमान जिल्ला अध्यक्ष एवम् गण्डकी प्रदेश अध्यक्ष रोमहर्षण पौडेल र पेसागत महासंघ कास्की इन्चार्ज षडानन्द गौतमले खादा अविर प्रमाणपत्र र डायरी प्रदान गरि पदस्थापन गराए ।
नवनिर्वाचित अध्यक्षमा तिर्थराज ढकाल, खुल्ला उपाध्यक्षमा प्रदिप न्यौपाने, महिला उपाध्यक्षमा देवीकुमारी केसी, सचिवमा दामोदर तिमिल्सिना, कोषाध्यक्षमा माधव पहारी, सहसचिवमा जुना थापा र सह कोषाध्यक्षमा शान्ता पराजुलीलाई सर्वसम्मत चयन गरेको थियो ।
त्यस्तै सदस्यहरुमा तोरण बहादुर के सी, भगवती लामिछाने, यमुना सुवेदी बिजय शर्मा, सूर्य मोहन ढकाल, जीतबहादुर थापा, दशरथ सापकोटा, डिल्लीराम देवकोटा, टेक माया आचार्य, अनिता राई, बाबुराम भुजेल, उमिता घमाल, विश्वनाथ सुवेदी, हरिबोल गौतम र सरिता ढकाल निर्वाचित भएका थिए ।
कार्यक्रममा नेपाल राष्ट्रिय शिक्षक सङ्गठन गण्डकी प्रदेशका अध्यक्ष रोमहर्षण पौडेल, प्रदेशका कोषाध्यक्ष बोधराज पौडेल, शिक्षक सहकारी तथा बचत ऋण संस्थाका अध्यक्ष वसुन्धरा पौडेल र पेसागत महासङ्घ कास्कीका इन्चार्ज षडानन्द गौतमले शुभकामना तथा बधाई ज्ञापन गरेका थिए ।
पदस्थापनापछि बसेको जिल्ला समितिको पहिलो बैठकले वर्तमान विधानअनुसार सचिवालय सदस्य ११ सदस्यीय हुनुपर्नेमा थप दुई सदस्य तोरण बहादुर केसी र अनिता राईलाई मनोनित गरेको छ ।
यस्तै बैठकमा निवर्तमान कोषाध्यक्ष यामनाथ सुवेदीले अक्षकोषको रु. १७ लाख सहित २२ लाख १४ हजार २ सय उनान्नब्बे अठहत्तर पैसा रकमको हिसाबकिताब र बझबुझारथसहित माइन्युट हस्तान्त्रण गरेका थिए । बैठकले अध्यक्ष ढकालद्वारा प्रस्तावित धन्यवाद प्रस्ताव, बधाई तथा शुभकामना प्रस्ताव पारित गरेको छ ।
सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।


पोखरा, १६ असोज — नेपाली कांग्रेस कास्की क्षेत्र नम्बर २ को क्षेत्रीय…







