वैशाख ७ काठमाण्डौं । नेपाल कम्युनिष्ट पार्टी (एमाले) ले जनसङ्गठनहरूको महिला राष्ट्रिय भेला आयोजना गर्ने भएकोे छ । जनसङ्गठन समन्वय संयन्त्रको बैठकले आगामी जेठ १६ र १७ गते जनसङ्गठनहरूको महिला राष्ट्रिय भेला गर्ने निर्णय गरेको हो ।
भेला व्यवस्थापनका लागि अखिल नेपाल महिला सङ्घका अध्यक्ष टुकादेवी हमालका संयोजकत्वमा ११ सदस्यीय व्यवस्थापन समिति गठन गरिएको छ ।
पार्टीका स्थायी कमिटी सदस्य एवं जनसङ्गठनका संयोजक भानुभक्त ढकालले समग्र महिला आन्दोलनको इतिहास, नेतृत्व र उपलब्धिलाई स्मरणसहित स्थापित गराउन २३ वटै जनसङ्गठनहरूको महिला राष्ट्रिय भेला आयोजना गर्न लागिएको जानकारी दिए ।
पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी भेलाको प्रमुख अतिथि रहने र अध्यक्ष केपी शर्मा ओलीले भेलाकोे समापन गर्ने जनाइएको छ ।
भेला व्यवस्थापन समितिको सचिवमा पार्टीका केन्द्रीय सदस्य तथा बाग्मती प्रदेश जनसङ्गठन समन्वय संयन्त्र संयोजक रचना खड्का रहेका छन् ।
यसैगरी नेपाल बुद्धिजीवी परिषदका इञ्चार्ज विद्या भट्टराईसहित अनेमसङ्घका महासचिव पेम्बा लामा, अन्य जनसङ्गठनका तर्फबाट जमुना वर्षा शर्मा, सरिता भुसाल, सीता लामा, मन्दिरा श्रेष्ठ, भवानी बजगाई, नन्दा बस्याल र शारदा खनाल सदस्य छन् । रासस
सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।


सन्देश श्रेष्ठपोखरा, असोज १५ फ्लाई दुबईले पोखरा–दुबई उडान शुरु गरेसँगै पोखरेली पर्यटन…







