गण्डकी प्रदेशमा साढे ९ महिनामा बजेट खर्च ३२ प्रतिशत मात्र


     एभरेस्ट आवाज    
     वैशाख ९ गते २०८१ मा प्रकाशित




पोखरा । गण्डकी प्रदेशमा नया आर्थिक वर्षको साढे ९ महिनामा केवल ३२ प्रतिशत मात्रै खर्च भएको छ । गण्डकी प्रदेश सरकारले आर्थिक वर्ष २०८०-८१ अन्तर्गत बैशाख ८ गतेसम्ममा केवल ३१.९२ प्रतिशत मात्र बजेट खर्च गरेको हो । जसमा चालुतर्फ ३२.३९ प्रतिशत र पुँजीगततर्फ २९.६६ प्रतिशत बजेट खर्च भएको प्रदेश लेखा नियन्त्रक कार्यालयले जनाएको छ ।

गण्डकी प्रदेश सरकारले आर्थिक वर्ष २०८०-८१ का लागि ३३ अर्ब ४२ करोड ७२ लाख रुपैयाँको बजेट बनाएको थियो । जस अन्तर्गत बैशाख ८ गतेसम्ममा १० अर्ब ६७ करोड २ लाख ९७ हजार रुपैयाँ खर्च भएको छ । प्रदेश लेखा नियन्त्रक कार्यालयका अनुसार चालुतर्फ चालुतर्फ १० अर्ब ६३ करोड १२ लाख ३८ हजार रुपैयाँ विनियोजन भएकोमा ३ अर्ब ४४ करोड ३१ लाख रुपैयाँ खर्च भएको छ । त्यसैगरी पुँजीगततर्फ २० अर्ब १९ करोड ४ लाख ६२ हजार रुपैयाँ विनियोजन भएकोमा ५ अर्ब ९८ करोड ८२ लाख ४२ लाख रुपैयाँ खर्च भएको कार्यालयको तथ्याङ्कमा उल्लेख छ ।

वित्तीय हस्तान्तरण अनुदानतर्फ भने सन्तोषजनक खर्च भएको छ । वित्तीय हस्तान्तरणतर्फ २ अर्ब १० करोड ५५ लाख बजेट विनियोजन भएकोमा १ अर्ब २३ करोड २ लाख रुपैयाँ अर्थात ३१.९२ प्रतिशत खर्च भएको कार्यालयले जनाएको छ ।

मन्त्रालयगत खर्च अनुसार मुख्यमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयले पछिल्लो साढे ९ महिनामा ३२.४६ प्रतिशत बजेट खर्च गरेको छ । सो मन्त्रालयले १ अर्ब १९ करोड ४ लाख ५४ हजार बजेट रहेकोमा ३८ करोड ६४ लाख ४५ हजार ५ सय ७२ रुपैयाँ खर्च गरेको छ ।आर्थिक मामिला मन्त्रालयले २६.६ प्रतिशत मात्रै बजेट खर्च गरेको छ । १५ करोड १५ लाख ७८ हजार बजेट रहेको आर्थिक मामिलाले ३ करोड ९५ लाख ७ हजार ६ सय ५६ रुपैयाँ खर्च गरेको छ ।

त्यस्तै, उद्योग पर्यटन वन तथा वातावरण मन्त्रालयले ३६.०२ प्रतिशत बजेट खर्चिएको छ । १ अर्ब ६० करोड ६२ लाख ४१ हजार रुपैयाँ बजेट रहेको सो मन्त्रालयले ५७ करोड ८५ लाख २२ हजार बजेट खर्च गरेको हो ।क्ृषि तथा भूमि ब्यबस्था मन्त्रालयले २६.०३ प्रतिशत बजेट खर्च गरेको छ । कुल २ अर्ब २४ करोड ४६ लाख ९७ हजार बजेट रहेको सो मन्त्रालयले ५८ करोड ४३ लाख बजेट खर्च गरेको हो ।

भौतिक पूर्वाधार विकास तथा यातायात व्यवस्था मन्त्रालयले ३१.५३ प्रतिशत खर्च गरेको छ । ११ अर्ब ८८ करोड ३१ लाख ८८ हजार बजेट रहेको सो मन्त्रालयले ३ अर्ब ७४ करोड ७१ लाख ९ हजार रुपैयाँ खर्च गरेको छ ।

उर्जा, जलश्रोत तथा खानेपानी मन्त्रालयले ४१.५७ प्रतिशत बजेट खर्चिएको छ । कुल ५ अर्ब १ करोड ७० लाख ५५ हजार रुपैयाँ बजेट रहेको सो मन्त्रालयले २ अर्ब ८ करोड ५५ लाख ३९ हजार रुपैयाँ बजेट खर्चिएको छ ।

सामाजिक विकास तथा स्वास्थ्य मन्त्रालयले ३४.६८ प्रतिशत बजेट खर्च गरेको छ । कुल ५ अर्ब १८ करोड ५३ लाख ६ हजार बजेट रहेको सो मन्त्रालयले १ अर्ब ७९ करोड ८२ लाख ५५ हजार रुपैयाँ बजेट खर्च गरेको प्रदेश लेखा नियन्त्रक कार्यालय गण्डकी प्रदेशले जनाएको छ ।


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।