पोखरा, बैशाख ९
गण्डकी प्रदेश सरकारका आर्थिक मामिला मन्त्री हरिबहादुर चुमानले पदबहाली गरेका छन् । मन्त्री भएको दुई हप्तापछि आर्थिक मामिला मन्त्रीको जिम्मेवारी पाएपछि उनले आईतबार पदबहाली गरेका हुन् ।
पदबहाली गर्दै उनले पुँजीगत खर्च बढाउन आफूले सक्दो प्रयास गर्ने बताए । विगतदेखि नै खर्च गर्ने क्षमता कमजोर रहेकाले त्यसलाई सुधारेर खर्च गर्ने क्षमता बढाउने उनले बताए । त्यसका लागि कर्मचारीलाई कार्यशैली बदल्नुपर्ने उनको भनाई थियो । हाम्रो काम गर्ने शैली नै भएन,उनले भने,‘यो शैलीले खर्च गर्न सकिदैन । बजेट बनाउँदा भएको कमजोरी सच्याउनपनि महिनौं लाग्ने हाम्रो वर्तमान परिस्थिति छ । त्यसैले यो कार्यशैली सच्याएर खर्च गर्ने क्षमता बढाउन म कर्मचारी साथीहरुलाई निर्देशन दिन्छु ।’
पद बहालीलगत्तै मन्त्री चुमानले ईन्भेष्ट गण्डकी परियोजना सञ्चालन गर्ने निर्णयमा हस्ताक्षर गरेका छन् । परियोजनाको अवधारणा पत्र तयारी गर्न मन्त्रालयका सचिवको नेतृत्वमा ७ सदस्यीय अध्ययन कार्यदल गठन गरिएको छ । परियोजनामा पर्यटन, कृषि, औद्योगिक पूर्वाधार र जलविद्युत गरेर ४ वटा प्राथमिकता दिएर योजना निर्माण गर्ने जनाइएको छ ।
ईन्भेष्ट गण्डकी परियोजनालाई पब्लिक प्राईभेट पार्टनरसीप मोडलमा र नीजि लगानी गरेर दुबै मोडलमा लगानीकर्ता आकर्षित गरिने मन्त्री चुमानले बताए ।
ईन्भेष्ट गण्डकी परियोजनामा समेटिएका योजनालाई सोकेसमा राखेर लगानी सम्मेलन गर्ने तयारी गरिएकोसमेत मन्त्री चुमानले बताए ।
सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।


सन्देश श्रेष्ठपोखरा, असोज १४ नेपाली कांग्रेस ईतर पक्षका नेता प्रकाशशरण महतले नेतृत्व…







