पोखरा, बैशाख ९
नेपाल बैंक कर्मचारी संघले शनिबार स्थापना दिवस मनाएको छ । नेपाल बैंक कर्मचारी संघ गण्डकी प्रदेशको आयोजनामा संघको ३५ औं स्थापना दिवस मनाइएको हो । कार्यक्रममा स्थापना दिवस र नया वर्ष २०८१ को शुभकामना आदानप्रदान गरिएको थियो ।
सो अवसरमा संघले निकालेको नया वर्ष २०८१ को क्यालेण्डरसमेत विमोचन गरिएको थियो । कार्यक्रममा नेपाल बैंक गण्डकी प्रदेश कार्यालयकी प्रमुख सचिता पराजुलीले सम्पूर्ण कर्मचारी एकढिक्का भएर कर्मक्षेत्रमा खटिएमा बैंकले उद्देश्य पूरा गर्न सफल हुने बताईन् ।
नेपाल बैंक कर्मचारी संघका केन्द्रीय सदस्य रामप्रसाद पंगालीले बैंकहरुको वित्तीय सूचकहरुमा आएको गिरावटलाई सुधारेर लैजान आवश्यक रहेको बताए ।
संघका गण्डकी प्रदेश अध्यक्ष ध्रुव पौडेलले संघको विगतको साख जोगाउँदै थप जिम्मेवार र क्रियाशिल भएर पेशागत हक, हित, सेवा सुविधा, सेवाको सुरक्षा, न्याय र समानता खोजीसँगै बैंकको उन्नयनमा लाग्ने प्रतिबद्धता व्यक्त गरे ।
कार्यक्रममा प्रेममाया गुरुङले स्वागत मन्तव्य र सचिव खगेन्द्रबहादुर मगरले सञ्चालन गरेका थिए । कार्यक्रममा बैंकको गण्डकी र पोखरा कार्यालयका विभिन्न शाखामा कार्यरत कर्मचारीहरुको उल्लेख्य सहभागिता रहेको थियो ।
सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।


श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले रोजगार सम्झौता नगरी कसैलाई पनि काममा…







