सुनको मूल्य ह्वात्तै घट्यो , आज कतिमा हुदैछ कारोबार ? हेर्नुहोस


     एभरेस्ट आवाज    
     वैशाख ११ गते २०८१ मा प्रकाशित




नेपाली बजारमा पहेँलो धातुको मूल्यमा आज गिरावट भएको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार छापावाला सुन तोलामा नै रु दुई हजार सात सयले ओरालो लागेको छ । सोमबार तोलामा रु एक लाख ३८ हजार दुई सयमा कारोबार भएको छापावाला सुन आजका लागि भने रु एक लाख ३५ हजार पाँच सयमा निर्धारण भएको छ ।

यस्तै, तेजाबी सुन सोमबार तोलामा रु एक लाख ३७ हजार पाँच सयमा कारोबार भएकामा आजका लागि भने रु एक लाख ३४ हजार आठ सय ५० निर्धारण भएको छ । महासङ्घका अनुसार चाँदीको मूल्य आज तोलामा रु ४५ ले गिरावट भएको छ । सोमबार प्रतितोला रु एक हजार सात सय पाँचमा कारोबार भएको चाँदी आजका लागि भने एक हजार छ सय ६० निर्धारण भएको छ । रासस


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।