पोखरामा बस र स्कुटर ठोक्किएर दुर्घटना हुदा एक जनाको मृत्यु


     एभरेस्ट आवाज    
     वैशाख १२ गते २०८१ मा प्रकाशित




पोखरा । पोखरामा बससंग स्कुटर ठोक्किएर दुर्घटना हुदा एक जनाको मृत्यु भएको छ । पोखरा- १४ चाउथेमा आज उक्त दुर्घटना हुदा सोही स्थानका १९ बर्षकी खुशी प्रधानको मृत्यु भएको हो ।

पोखराबाट काठमाण्डौ तर्फ जादै गरेको बा १ प १३३८ नं. को बस र सोही दिशा तर्फ जादै गरेको ग २४ प ३२९५ नं. को स्कुटर ठक्कर खाँदा स्कुटर पछाडी बसेकी प्रधान घाईते भएकी थिईन् ।

उनको उपचारका क्रममा पश्चिम क्षेत्रीय अस्पतालमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कास्कीका सुचना अधिकारी बसन्त कुमार शर्माले जानकारी दिए ।

उनका अनुसार बस चालक सिन्धुपाल्चोक चौतारा न. पा. वडा नं. १३ घर भएका ३९ बर्षका विष्णु श्रेष्ठ र स्कुटर चालक पोखरा ७ सिमलचौरकी २१ बर्षकी दिपिका गुरुङ दुवैलाई जिल्ला प्रहरी कार्यालय कास्कीमा ल्याई आवश्यक अनुसन्धान भईरहेको छ भने सवारी साधन नियान्त्रणमा लिएर वडा प्रहरी कार्यालय रामबजार राखिएको छ ।


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।