वैशाख १२ पोखरा । सहारा क्लब पोखराको आयोजना तथा प्रदेश खेलकुद परिषद गण्डकीको सहकार्यमा “खेल्छ गण्डकी” मार्फत सहारा एकेडेमीमा संचालन भएको १४ बर्ष मुनिका खेलाडीहरु सहभागि (यू–१४) फुटबल आवाशिय प्रशिक्षण कार्यक्रम सम्पन्न भएको छ ।
पोखरा १७ दोविल्लास्थित सूर्य बहादुर केसी स्मृति सहारा एकेडेमीमा आयोजित १० दिने प्रशिक्षण कार्यक्रममा सहभागिहरुलाई बुधबार एक समारोहका बिच सहभागिताको प्रमाण—पत्र वितरण गर्दै समापन गरिएको क्लवका अध्यक्ष केशवराज बरालले बताए ।
कार्यक्रमका प्रमुख अतिथि जिल्ला खेलकुद विकास समिति कास्कीका अध्यक्ष तोरण बहादुर बाँनिया, सहारा क्लवका मानार्थ सदस्यहरु महेश गुरुङ, लोक बहादुर गुरुङ, मुछेत्र गुरुङ र नेपाल खेलकुद पत्रकार मञ्च गण्डकीका अध्यक्ष दिननाथ बरालले सहभागिहरुलाई प्रमाणपत्र वितरण गरेको क्लवका सचिव टंक पौडेलले जानकारी दिए ।
प्रशिक्षणमा ८ देखि १४ वर्ष मुनीका विभिन्न ८ जिल्लाका ३५ जनाको सहभागिता रहेको क्लवका बरिष्ठ उपाध्यक्ष पूर्ण बहादुर गुरुङले बताए । प्रशिक्षणमा एकेडेमी सहित अन्य बालकहरुकोपनि सहभागिता रहेको क्लवले जनाएको छ ।
कार्यक्रममा बोल्दै जिल्ला खेलकुद विकास समिति कास्कीका अध्यक्ष तोरण बहादुर बाँनियाले प्रतिभावान खेलाडी उत्पादनमा यस्तो प्रशिक्षणले सहयोग पुग्ने बताए ।
पोखरा रंगशालामा कसले अपनत्व गर्ने त्यसको आधिकारीक जिम्मा नभएको उनले गुनासो गरे । खेलकुदमा विकृति रहेको उल्लेख गर्दै अध्यक्ष बानियाँले खेलकुदमा व्यत्ति हावी भएको दाबी गरे ।
सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।


पोखरा । पोखरा लेडी जेसिजको वर्ष २०२७ को अध्यक्षमा नन्दकुमारी सुवेदी ढुंगाना…







