पोखरा, बैशाख १४
पोखराको नम्बर वान होलसेल मार्केटका रुपमा स्थापित सर्वेश्वर व्यवसायी समिति पोखराले शुभ–कामना आदानप्रदान तथा क्यालेण्डर विमोचन गरेको छ । समितिले एक कार्यक्रम आयोजना गरेर नेपाली नया वर्षको अवसरमा शुभ–कामना आदानप्रदान तथा क्यालेण्डर विमोचन गरेको हो ।
कार्यक्रममा उद्योगी व्यवसायीहरुको छाता संस्था पोखरा उद्योग वाणिज्य संघका अध्यक्ष पवनकुमार प्रजापति, सर्वेश्वर व्यवसायी समिति पोखराका अध्यक्ष तुलबहादुर थापा (राजन)सहितका अतिथि तथा समितिका सल्लाहकारहरुले संयुक्त रुपमा नया वर्ष २०८१ सालको क्यालेण्डर विमोचन गरेका थिए ।
सो अवसरमा सहभागीहरुले नया वर्षको अवसरमा आपसमा शुभकामना आदानप्रदान गरेका थिए ।
कार्यक्रममा बोल्दै प्रमुख अतिथि पोखरा उद्योग वाणिज्य संघका अध्यक्ष पवनकुमार प्रजापतिले होलसेल व्यापारका लागि छुट्टै व्यापारिक कम्प्लेक्स आवश्यक रहेको बताए । उनले घरधनीले मनपरी घरभाडा बृद्धि गरेको भन्दै यसलाई समयसापेक्ष न्यूनतम रुपमा बृद्धि गर्ने, घरधनीले नै घरबहाल कर तिर्नेलगायतका प्रावधान बनाएर कार्यान्वयन गर्नुपर्नेमा जोड दिए । साथै उनले पोखरामा व्यवसायीले पार्किङको समस्या भोग्दै आएको बताउँदै उनले यसको समाधानका लागि महानगरसँग निरन्तर छलफल गरिरहेको उल्लेख गरे ।
सर्वेश्वर व्यवसायी समितिका अध्यक्ष तुलबहादुर थापा (राजन)ले समितिले निकालेको क्यालेण्डर लिएर छिमेकी जिल्लाहरु गएर व्यवसाय प्रवद्र्धन गर्ने बताए । उत्पादन हुने ठाउँमै गएर सामान ल्याउने नीतिलाई कार्यान्वयन गर्ने भन्दै उनले चाँडै नै आफ्ना सदस्यहरुलाई चाईनिज सामान लिनका लागि चीनका विभिन्न प्रान्त लैजाने बताए । साथै अन्य व्यवसायीलाईपनि सिधै चिनबाट सामान ल्याउन प्रोत्साहन गर्ने उनले बताए ।
अध्यक्ष थापाले घरधनी र व्यवसायीबीचको सम्बन्ध नङ र मासुकोजस्तो सुमधुर बनाउन आफू लागिपरेको तथा घरबहाल कर घरधनीले तिर्ने वातावरण बनाउन तथा घरभाडा बृद्धिदर समयसापेक्ष न्यूनतम मात्रै बनाउनका लागि आफूले घरधनीसँग छलफल गरेर निश्कर्षमा पुग्ने प्रतिबद्धता जनाए ।
कार्यक्रममा समितिका वरिष्ठ उपाध्यक्ष तथा क्यालेण्डर प्रकाशन समितिका संयोजक छविलाल गौतमले स्वागत तथा महासचिव विशाल अधिकारीले सञ्चालन गरेका थिए । सर्वेश्वर मार्गका होलसेल व्यवसायीले चीन, थाईल्याण्ड र भारतबाट सिधै सामान ल्याएर बेच्ने गरेका छन् भने स्वदेशी सामान उत्पादन हुने फ्याक्ट्रीमै पुगेर खरिद गर्नेगरेका छन् । जसका कारण गुणस्तरीय सामान सस्तोमा पाईने सर्वेश्वर मार्गका व्यवसायी बताउँछन् ।
चिप्लेढुंगादेखि गैह्रापाटनसम्म फैलिएको सर्वेश्वर मार्गमा छिमेकी जिल्लाहरु स्याङ्जा, पर्वत, बागलुङ, तनहुँ, लमजुङ, म्याग्दी, मनाङ, मुस्ताङ, रुर्वी रुकुम र पश्चिम रुकुमलगायतका जिल्लाबाट थोक तथा खुद्रा सामानहरु ख्रिद गर्न आउने गरेका छन् । पोखरेलीको सामान खरिद गर्ने प्रमुख थलोको रुपमा विकसित सर्वेश्वर मार्गका व्यवसाय शनिबार खुल्ने गरेका छन् ।
सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।


पोखरा। नेपाली कांग्रेस नेतृ हस्तमाया नेपालीको निधन भएको छ। केही वर्षदेखि क्यान्सर…







