कुमुदिनी होम्समा नेपाली मौलिक चर्या नृत्यको प्रशिक्षण शुरु


     एभरेस्ट आवाज    
     वैशाख १४ गते २०८१ मा प्रकाशित




वैशाख १४पोखरा । कुमुदिनी होम्स माविमा चर्या नृत्यको प्रशिक्षण शुरु भएको छ । पोखरा महानगरपालिका गैह्रापाटनस्थित विद्यालयमा विद्यार्थीका लागि चर्या नृत्यको एक हप्ते प्रशिक्षण् शुरु गरिएको संस्थापक अध्यक्ष अशोक पालिखेले बताए ।

विद्यालयले आफ्नो विद्यार्थीहरुका लागि अतिरिक्त कक्षाहरु संचालन गर्दै आएको छ ।

यसैक्रममा यसपालि हामीले नेपालको प्रशिद्ध मौलिक शास्त्रिय नृत्य चर्या शुरु गरो छौं । यसमा कक्षा ५ देखि १० कक्षासम्मका ५२ जनाले प्रशिक्षण लिईरहेका छन् ।

बच्चाहरुमा आफ्नो संस्कृति प्रतिको मोह जगाउनु र भविष्यका लागि राम्रो हुने र संरक्षणका लागि फाइदा पुर्याउने बताए । चर्या मात्रै पनि होई अन्य नृत्यका कार्यक्रम र तालिमहरु पनि गर्ने सोचाईमा रहेको बताए । उनले भने यो नयाँ वर्ष २०८१ मा आयोजना गरिएको पहिलो भए र चर्या नृत्यकै प्रसिद्ध प्रशिक्षक चन्द्रमान मुनिकार काठमाडौंबाटं बोलाइएको बताए ।

प्रशिक्षक मुनिकारले चर्या नृत्य एउटा फरक र सम्पदासंग जोडिएको नृत्य भएको बताए । विद्यार्थीलाई सिकाईयो भने यो घर घरमा जान्छ र संरक्षणमा सघाउ पुग्ने बताए ।

अहिले म यसैको प्रवर्धनमा लागिरहेको छु । म काठमाडौं १९ नरदेवीको बासिन्दा हुँ । मैले मेरै घरलाई चर्यामय बनाएको छु । मेरो परिवार नै यसमा लागेको छ ।उनले भने, एउटा तलामा संगीतको सिकाई, एउटामा चर्याको नृत्य प्रशिक्षण र वाद्यवादन तथा भेषभुषाको लागि छुटा्याएको छु । यो जम्मै काम अहिले गर्नु भनेको पुस्तान्तरणका लागि हो ।

परापुर्व कालबाटै बौद्ध धर्मका बज्रयानी बज्राचार्य गुरुहरुले पूजाको कोठामा चर्या नाच्दै आएका भन्ने गरिएको छ । यो नृत्य साना बालबालिका, युवा र प्रौढसम्म लोकप्रिय रहेको छ ।

हाम्रो संस्कार, संस्कृतिलाई आफैंमा सिमित गर्दा हराउने भएकोले यसलाई अहिले विश्व बजारमा पनि लगेर देखाउने गरिएको छ । यो नेपालको मौलिक शास्त्रीय नृत्य भएको र यसको गीत संस्कृतिमा गाउने गरिन्छ । यसलाई परमार्थ सत्य आत्म्साथ गर्ने कावयरुपी संगती साधनासंग पनि जोडिएको छ ।

संस्कृतविद् सत्यमोहन जोशीले आफ्नो पुस्तक “बःचाधंगु नेवाः खँग्वः धुकु” मा चर्याको बारेमा बयान गरिएको छ । चर्याो अर्थ नेवार समुदायमा बौद्ध महायानीहरुको गुह्य पूजा हुने समयमा गाईने धार्मिक शास्त्रीय गीत भनेर लेखिएको छ ।

चर्याका केहि निश्चित आधारभूत पदज्ञान र आसन हुन्छन् । तिनिहरुमा समपद, बज्रपद, मण्डलापद, त्रिभुपद, प्रत्यालिंधपद, आलिंधपद र नमामीपद गरी सात वटा रहेका छन् ।

चर्या नृत्यको मौलिक महत्व छ । यो नेपाली संस्कृतिको विशिष्ट नमूना र जिवित सम्पदा हो भन्ने गरिएको छ ।

चर्याको विशेषता भनेको यसो मेल संसारका कुनै पनि नृत्यसगं मेल खाँदैन । यो रागबाट सुर भएर श्वलोकमा टुंगिन्छ । यो सांगीतिक रस अन्तर्गत नाच्ने गरिएको छ ।


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।