वैशाख १४ पोखरा । कास्की जिल्लाको लेखनाथमा शुक्रबार देखि चौंथो राष्ट्रिय खुल्ला ब्याडमिन्टन प्रतियोगिता शुरु भएको छ ।
लेकसिटी ब्याडमिन्टन क्लबको आयोजनामा पोखरा ३० को भुगोल पार्कमा शनिबारसम्म चल्ने प्रतियोगितामा विभिन्न उमेर समुहका करिव एक सय २५ सम्ुहले सहभागीता जनाएका छन् ।
प्रतियोगितामा मेन्स डबल्स ए लेभलको खेल खेलाउने पुर्व योजना भए पनि प्राविधिक रुपले उत्त समुहको खेल भने समावेश गरिएको छैन् । प्रतियोगितामा मेन्स डबल्स सि लेभलमा ६४, मेन्स डबल्स भेट्रान्समा ४५,सुपर भेट्रान्समा १६ र वमेन्स डबल्समा आठ टिमले नाम दर्ता गराएको खेल संयोजक राम बहादुर गुरुङले जानकारी दिएका छन् ।
प्रतियोगितामा मेन्स डवल्स सि लेभल तर्फ प्रथम हुनेलाई ३५ हजार, दित्तीय हुनेलाई १८ हजार र तृतीय दुई टिमले ६÷६ हजार साथमा शिल्ड, मेडल र प्रमाण पत्र प्राप्त गर्नेछन । भने मेन्स डबल्स भेट्रान्सतर्फ प्रथम, दित्तीय र तृतीय दुई टिमलाई क्रमशः नगद रु ३० हजार, १६ हजार र ५/५ हजार साथमा शिल्ड मेडल र प्रमाण पत्र प्रदान गरिनेछ भने महिला डबल्समा प्रथम, दित्तीय र तृतीय दुई टिमलाई क्रमशः नगद रु २५ हजार, १० हजार र ५/५ हजार साथमा शिल्ड मेडल र प्रमाण पत्र प्रदान गरिनेछ ।
यसैविच प्रतियोगिताको उद्घाटन गर्दै पोखरा महानगरपालिका वडा नं ३० का वडाअध्यक्ष दुर्गा प्रसाद सुवेदीले खेलले मानिसलाई शारिरिक तन्द्रुष्ठी,आत्म अनुशासन र सहकार्यको भावना सुजना गर्ने भएकाले खेललाई मर्यादित र मैत्रीपुर्ण बनाउन आग्रह गरेका थिए ।
सोही अवसरमा पोखरा महानगरपालिका कार्यसमिति सदस्य भीमकुमारी पुनले आफना भावी पुस्तालाई खेल तर्फ आकर्षण गर्नका लागि यो खेललाई पारिवारीक रुपमा पनि खेल्न सकिने भएकाले पछिल्लो समय ब्याडमिन्टनको महत्व वढ्दै गएको वताएकी थिईन ।
लेकसिटी ब्याडमिन्टन क्लबका अध्यक्ष शरण प्रधानको अध्यक्षतामा भएको कार्यक्रमको संचालन सचिव भविन पुन र खेल संयोजक राम बहादुर गुरुङले धन्यवाद सहित सवैको साथ र सहयोगले खेल आयोजना गर्ने हौसला मिलेको वताएका थिए ।
सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।


पोखरा । पोखरा लेडी जेसिजको वर्ष २०२७ को अध्यक्षमा नन्दकुमारी सुवेदी ढुंगाना…







