वैशाख १४ काठमाण्डौं । नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले आफ्नो पार्टीलाई समाजवादी क्रान्ति र आर्थिक रूपान्तरणको कार्यदिशा भएको कम्युनिष्ट मान्यतामा आधारित बलियो पार्टीका रुपमा स्थापित गर्नुपर्ने बताएका छन् ।
पार्टी निकट युवा सङ्घद्वारा आज आयोजित कार्यक्रममा उनले कम्युनिष्ट आन्दोलन टुटफुट हुँदा जनतामा निराशा र आक्रोश बढेको बताए । समाजका आधारभूत आवश्यकतालाई सम्बोधन गर्न सही नीति, सिद्धान्त, कार्यक्रमको खाँचो औँल्याउँदै उहाँले समाजमा विधमान सबै प्रकारका भेद्भावका अन्त गरी मुलुकमा जनताको आर्थिक तथा सामाजिक रुपान्तरण कायम गर्नुपर्ने उल्लेख गरे ।
पूर्वप्रधानमन्त्री समेत रहेका अध्यक्ष नेपालले मुलुकमा विभिन्न समयमा भएको जनआन्दोलनबाट राजनीतिक क्रान्ति पूरा गरिएको भन्दै सबै नागरिकलाई सामाजिक न्यायका साथै समानताका कानुनी अधिकारलाई सुरक्षित गर्ने दायित्व राज्यको भएको विचार व्यक्त गरे ।
उनले मुलुकको राष्ट्रियता, जनताको जनजीविका, स्वतन्त्रता, लोकतन्त्र, मुलुक र जनताका एजेण्डालाई केन्द्रविन्दुमा राखेर कम्युनिष्ट आन्दोलनलाई एकतातर्फ लैजानुपर्नेमा जोड दिए ।
अध्यक्ष नेपालले सामाजिक न्यायसहितको समुन्नत एवं समृद्ध मुलुक निर्माणको अभिभारा पूरा गर्न कम्युनिष्ट पार्टीको दायित्व र जिम्मेवारी थपिएको बताए । उनले सङ्घका विभिन्न प्रकाशन विमोचन गरेका थिए । रासस
सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।


पोखरा, २९ साउन । नेपाली भाषाको प्रयोगमा देखिँदै आएका त्रुटि न्यूनीकरण गर्दै शुद्ध…





