वैशाख १५ पोखरा । पोखरा महानगरपालिका खेलकुद विकास समितिको आयोजना तथा महानगर क्रिकेट संघ पोखराको संयोजनमा शनिबारदेखि पोखरा रंगशालामा नगर स्तरिय टी–ट्वान्टी छात्रा क्रिकेट प्रतियोगिता शुरु भएको छ ।
प्रतियोगिताको उद्घाटन खेलमा सिद्ध माविले भद्रकालि माविलाई ४३ रनले पराजित गर्यो । पहिला व्याटिङ गरेको सिद्धले रचना चौधरीको अभिजित ४४ तथा सुसिला दिमदुङको अभिजित १० रनको मद्धतमा २० ओभरमा ३ विकेट गुमाएर १ सय २१ रन बनाएको थियो ।
प्रत्युत्तरमा भद्रकालिको पारी ७८ रनमा समेटियो । उसले १३.२ ओभरमा सम्पूर्ण विकेट गुमाएको थियो । भद्रकालिलाई अल आउट गर्ने क्रममा प्लेयर अफ द म्याच समेत बनेकि रचना चौधरीले ५ विकेट लिइन् ।
त्यस्तै, सुसिला र अंकिता ठकुरीले समान २ तथा सुनिला रानामगरले १ विकेट लिइन् । भद्रकालिका लागि विसाखा महर्जनले १२ रन बनाइन् ।
यसअघि आयोजक समितिका सदस्य सचिव सुवास खड्काले एम्पायरलाई बल हस्तान्तरण तथा बलिङ र मुख्य प्रायोजक कंगारु एजुकेशन फाउण्डेशनका निर्देशक टि.आर.काफ्लेले व्याटिङ गर्दै प्रतियोगिताको शुरुवात गरेका थिए ।
प्रतियोगिता संयोजनकर्ता महानगर क्रिकेट समितिका अध्यक्ष बिरेन्द्र पुनको अध्यक्षतामा भएको कार्यक्रम उपाध्यक्ष गोविन्द प्रधानले सञ्चालन गरेका थिए ।
सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।


राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाको प्रथम महाधिवेशन सुरु भएको छ । भरतपुरको ‘गेष्टहाउस’…






