एसिया कप दुआथलनको उपाधि हिमाल र मञ्जुलाई


     एभरेस्ट आवाज    
     वैशाख १६ गते २०८१ मा प्रकाशित




पोखरा, बैशाख १६

नेपालका हिमाल टमाटाले दुआथलन च्याम्पीयनसीपको उपाधि जितेका छन् । नेपाल ट्रायथलन एशोसियसन (एनटिए)को आयोजनामा पोखरामा आयोजित एसियन ट्रायथलन च्याम्पीयनसीपको अवसरमा आईतबार भएको दुआथलन प्रतियोगितामा टमाता प्रथम भएका हुन् । उनले निर्धारित ५ किलोमिटर दौड, २० किलोमिटर साईक्लिङ र पुनः २.५ किलोमिटर दौड ५१ मिनेट २४ सेकेण्डमा पार गर्दै च्याम्पीयन भएका हुन् ।

ट्रायथलनमा सहभागि भएका अधिकांश विदेशी खेलाडीले मौषमका कारण पोखरा छाडेपछि उनीहरु सहभागि नभएको प्रतिष्पर्धामा नेपालकै नवराज न्यौपानेले १ घण्टा ३ मिनेट ४७ सेकेण्डमा पार गर्दै दोश्रो, लक्ष्मण मल्लले १ घण्टा ४ मिनेट ५८ सेकेण्डमा पार गर्दै तृतीय र रमेश लिम्वुले १ घण्टा ६ मिनेट ५१ सेकेण्डमा पार गर्दै चौथो भए ।

च्याम्पीयनसीप अन्तर्गत आईतबार नै भएको महिला दुआथलन प्रतियोगितामापनि नेपाली खेलाडीहरु नै बिजेता बने । प्रतियोगितामा १ घण्टा १९ मिनेट ४५ सेकेण्डमा निर्धारित दुरी पार गरेकी मञ्जुकुमारी खड्का प्रथम, १ घण्टा २३ मिनेट ३६ सेकेण्डमा दुरी पार गरेकी पुष्पा रोकाया द्वितीय र १ घण्टा २८ मिनेट ३४ सेकेण्डमा दुरी पार गरेकी प्रमिला धमला तृतीय भईन् ।

च्याम्पीयनसीप अन्तर्गत भएको राष्ट्रिय दुआथलन प्रतियोगितामा एसियन दुआथलन च्याम्पीयनसीपका बिजेताहरु नै राष्ट्रिय दुआथलन प्रतियोगितामापनि बिजेता बने । विदेशी खेलाडी नहुँदा एसियन दुआथलन च्याम्पीयनसीप जितेका उनीहरुलाई नै राष्ट्रिय प्रतियोगितामापनि बिजेता घोषित भए । प्रतियोगितामा हिमाल टमाटा प्रथम, नवराज न्यौपाने द्वितीय, लक्ष्मण मल्ल तृतीय र रमेश लिम्वु तृतीय भएको नेपाल ट्रायथलन एशोसियसन (एनटिए)का उपाध्यक्ष सुमन देवकोटाले जानकारी दिए ।

एसियन ट्रायथलन च्याम्पीयनसीपमा सहभागि भएकाहरु पोखराको मौषम नखुलेपछि काठमाडौं फर्केका थिए । मौषम नखुलेका कारण दुआथलनमा सहभागी नभई विदेशी खेलाडीहरु बाहिरिएको उपाध्यक्ष देवकोटाले बताए । विदेशी खेलाडीहरुले भाग नलिएपछि नेपाली खेलाडीहरुले दुआथलनमा बर्चस्व जमाएको उनको भनाई छ । विदेशी खेलाडीहरु पोखरामै बसेर दुआथलनमा पनि भाग लिन चाहन्थे,उनले भने,‘तर मौषमले साथ नदिएपछि उनीहरु काठमाडौं फर्किए ।’

यसअघि आइतबार भएको एसिया कप ट्रायथलनमा पुरुषतर्फ ईजिप्टका सिफेलडिन ईसमेल र महिलातर्फ ईजराईलका ईड्डा जानेसडोटिर च्याम्पीयन बनेका थिए ।


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।