बझाङ उपचिर्वाचनः ४ सय ३ मत गणना हुँदा एमालेको अग्रता


     एभरेस्ट आवाज    
     वैशाख १६ गते २०८१ मा प्रकाशित




बझाङ । पछिल्लो अपडेट अनुसार बझाङको प्रदेशसभा उपचुनावमा नेकपा एमालेले सुरुवाती अग्रता लिएको छ ।

४०३ मत गणना हुँदा एमालेका दमन भण्डारीले १५७ मत पाएका छन् । नेपाली कांग्रेसका अभिषेक सिंहले १३२ मत सहित भण्डारीलाई पछ्याईरहेका छन् ।

तेस्रो मत नेकपा एकीकृत समाजवादीका दिलबहादुर सिंहले ल्याएका छन् । सिंहले ५१ मत पाउँदा नेकपा माओवादी केन्द्रका जनक बुढाले ४७ मत पाएका छन् ।

राप्रपाका किशोर खड्काले ३ र स्वतन्त्र उम्मेदवार कमलराज घर्तीले १ मत ल्याएका छन् ।


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।