त्रिभुवन शान्ति मावि र अम्मरसिंह मावि विजयी


     एभरेस्ट आवाज    
     वैशाख १६ गते २०८१ मा प्रकाशित




वैशाख १६ पोखरा । पोखरा महानगरपालिका खेलकुद विकास समितिको आयोजना तथा महानगर क्रिकेट संघ पोखराको संयोजनमा पोखरा रंगशालामा जारी नगर स्तरिय टी–ट्वान्टी छात्रा क्रिकेट प्रतियोगिता अन्तर्गत आइतबारका खेलहरुमा त्रिभुवन शान्ति मावि र अम्मरसिंह मावि विजयी भएका छन् ।

पहिलो खेलमा त्रिभुवन शान्तिले सिर्जना माविलाई ४ विकेटले पराजित गरेको हो । पहिला व्याटिङ गरेको सिर्जनाले पुरा २० ओभरमा ६ विकेट गुमाएर १ सय २ रन बनाएको थियो । उसका लागि प्रनिशा अर्यालले १२ रन हानिन् । सिर्जनाले ७६ अतिरिक्त रन पाएको थियो । त्रिभुवन शान्तिको बलिङमा स्विकृती गुरुङले २ विकेट लिइन् ।

१ सय ३ लक्ष्य पाएको त्रिभुवनले १४.४ ओभरमा ६ विकेट गुमाएर खेल आफ्नों पक्षमा पार्यो । त्रिभुवनका अमिसा सुनारले अभिजित १३ तथा त्रिशना विकले १० रन बनाइन् । उसले पनि ६५ अतिरिक्त रन पाएको थियो । सिर्जनाका बलरहरु दिपिका चौधरी, सुस्मिता पौडेल र सुस्मिता मगरले १/१ विकेट लिए । खेलमा सिर्जनाकी स्विकृती गुरुङ साथी कफी क्लास प्लेयर अफ द म्याच भइन् । उनलाई आयोजक समितिका अध्यक्ष दिपक बहादुर गोदारले पुरस्कृत गरे ।

आइतबारको अर्को खेलमा अम्मरसिंहले बाराही माविलाई ५ विकेटले पराजित गर्यो । पहिला व्याटिङ गरेको बाराहीले पुरा २० ओभरमा ८ विकेट गुमाएर १ सय १९ रन बनायो । बाराहीका सुगिता कुमालले १० रन जोडिन् । अम्मरसिंहको बलिङमा चन्द्रमाया बराल र सुस्मिता विष्टले समान २ विकेट लिए ।

प्रत्युत्तरमा अम्मरसिंहले १५.२ ओभरमा ५ विकेटको क्षतिमा विजय लक्ष्य प्राप्त गर्यो ।

अम्मरसिंहका लागि ३७ रन बनाएकि चन्द्रमाया साथी कफी क्लास प्लेयर अफ द म्याच भइन् ।
सुस्मिता विष्टले टिमका लागि २९ रन जोडेकी थिइन् । बाराहीका कुसुम राइले २ विकेट लिएकी थिइन् ।


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।