पोखरा । पोखरा वैदामको कोमागाने पार्क नजिक फेवातालमा सशस्त्र प्रहरी बल नेपालको गण्डकी प्रदेश हेडक्वाटरका रुपमा रहेको मुक्तिनाथ बाहिनीले सोमबार गण्डकी प्रदेशस्तरिय जलउत्पन्न प्रकोप तथा खोचमा गरिने उद्धारको कृत्रिम नमुना अभ्यास “डेमो” प्रदर्शन गरेको छ । उक्त अभ्यासमा मुक्तिनाथ बाहिनी अन्तर्गतका विभिन्न गण तथा गुल्महरुमा कार्यरत विपद् उद्धारकहरु एवं कालिका गणमा रहेका विशेष गोताखोर टोलीले भाग लिएका थिए।
सशस्त्र प्रहरी बल नेपाल नं. ४ मुक्तिनाथ बाहिनी मुख्यालय पोखराका बाहिनीपति डिआईजि कालीदास धौवजीको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा सशस्त्र प्रहरी, नेपाल प्रहरी, नेपाली सेना, राष्ट्रिय अनुसन्धान विभाग, निजामति प्रशासनका उच्चपदस्थ अधिकारीहरुका साथै नेपाल रेडक्रस सोसाईटी, पोखरा पर्यटन परिषद्, होटल एसोसेसन, रेष्टुरेन्ट एसोसिएसन, ट्रेकिङ्ग एसोसिएसन, डुङ्गा व्यवसाय समिति लगायत स्थानिय, पर्यटक तथा मिडियाकर्मीहरुको उपस्थिति रहेको थियो। बाहिनीपति धौवजीले विपद् उद्धारकहरुको क्षमता अभिवृद्धि गर्न प्रदेश एवं स्थानीय सरकारहरु थप जिम्मेवारीका साथ कटिवद्ध हुनु पर्ने बताउनु भयो । कालिका गणका गणपति एसपि अरुण पौडेल शर्माले यस किसिमका नमुना अभ्यासले फौज प्रति सर्वसाधरण जनताहरुको विश्वास एवं भरोसा बढ्नुका साथै उद्धारकहरुमा समेत परेको बेला आत्मबल बढ्ने र उद्धार कार्यमा निखारपन आउने बताए ।





सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।


पोखरा । सञ्चार क्षेत्रमा लामो समयदेखि सक्रिय रोजी श्रेष्ठ अब व्यवसायिक यात्रामा…






