चिल्ड्रेन नेपालको सामाजिक लेखाजोखा परिक्षण सम्पन्न


     एभरेस्ट आवाज    
     वैशाख १८ गते २०८१ मा प्रकाशित




पोखरा । पोखरा रहेर सामाजिक क्षेत्रमा क्रियाशिल गैर सरकारी संस्था चिल्ड्रेन नेपालले आ.ब. २०७९/०८० को सामाजिक लेखाजोखा परिक्षण गरेको छ।
कार्यक्रममा प्रमुख अतिथि पोखरा महानगरपालिका वडा नम्बर ७ का वडा अध्यक्ष राममोहन आचार्यले सामाजिक लेखाजोखाको महत्वमाथि जोड दिदै सामाजिक लेखा परिक्षकले बिधि पूर्बक संस्थाको यथार्थता प्रष्ट हुने गरि प्रस्तुत गरेको भन्दै प्रशंसा ब्यक्त गरे । उनले समाजमा रहेका बिभेद, गरिबी, बेरोजगारी, शैक्षिक, स्वास्थ्य सामाजिक समस्या हटाउन आफू गैर सरकारी संस्थाहरुसॅंग सहकार्य र सहजिकरण गर्न सदैब तत्पर रहेको प्रतिबदिदता ब्यक्त गरे ।
कार्यक्रममा फेयर ट्रेड नेपालका प्रमुख रामकली खड्का, इन्सेक गण्डकी संयोजक शिव खकुरेल लगायत उपश्थित बालबालिकाहरु, साझेदार बिद्यालयका प्रधानाध्यापक, अभिभावकहरुले संस्थाले गरेको गतिबिधि, सहयोगको बारेमा अनुभव आदानप्रदान गर्दै आगामि दिनमा अझ राम्रो गर्नकालागि सुझाब दिएका थिए । कार्यक्रममा विभिन्न सरकारी तथा गैर सरकारी संस्थाका प्रमुख र प्रतिनिधि गरि ६२ जनाको सहभागिता रहेको थियो ।
कार्यक्रममा सामाजिक परिक्षक संचारकर्मि दीपेन्द्र श्रेष्ठले संस्थाको सामाजिक लेखाजोखा परिक्षण प्रस्तुत गरेका थिए । संस्थाका अध्यक्ष शान्त पौडेलको अध्यक्षतामा भएको कार्यक्रममा स्वागतसहित उदेश्य कार्यकारी निर्देशक डिल्लीप्रसाद शर्मा र संचालन संस्थाका महासचिव जयन्द्र भट्टराईले गरेका थिए ।


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।