गण्डकीका मुख्यमन्त्री अधिकारीले आज विश्वासको मत लिँदै


     एभरेस्ट आवाज    
     वैशाख २३ गते २०८१ मा प्रकाशित




गण्डकी, २३ वैशाखः गण्डकी प्रदेश सरकारका मुख्यमन्त्री खगराज अधिकारीले आज विश्वासको मत लिदै छन् । दिउँसो ३ बजे बस्ने प्रदेशसभा बैठकमा मुख्यमन्त्री अधिकारीले विश्वासको मत लिने कार्यसूची रहेको प्रदेशसभा सचिवालयले जनाएको छ ।

गत चैत २५ गते मुख्यमन्त्रीमा नियुक्त भएका अधिकारीले संवैधानिक व्यवस्थाअनुसार आज विश्वासको मत लिन लागेका हुन्। नेपाल कम्युनिष्ट पार्टी (एमाले), नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) र एक स्वतन्त्र प्रदेशसभा सदस्यको समर्थनमा उनी मुख्यमन्त्रीमा नियुक्त भएका थिए ।


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।