पोखराको हर्पन खोलामा पौडी खेल्ने क्रममा डुबेर किशोरको मृत्यू


     एभरेस्ट आवाज    
     वैशाख २३ गते २०८१ मा प्रकाशित




पोखरा, बैशाख २२

पोखरामा पौडी खेल्ने क्रममा डुबेर एक किशोरको मृत्यू भएको छ । पोखरा महानगरपालिका वडा नं–१८ खपौदीस्थित हर्पन खोलामा पौडी खेल्ने क्रममा डुबेर पोखरा–मालेपाटनका करीब १५ वर्षिय किशोर सोनम सुवेदीको मृत्यू भएको सशस्त्र प्रहरी कालिका गण पोखराले जनाएको छ ।

मृतक सुवेदीसँगै अर्का एक बालकपनि आज आईतबार दिउँसो करीब १ः३० बजे पौडी खेल्न गएका थिए । सुवेदी पौडी खेल्ने क्रममा खोलामा डुबेपछि ती बालकले आफन्त, प्रहरी र सशस्त्र प्रहरीलाई खबर गरेका थिए ।

तत्काल उद्धारमा गएको सशस्त्र प्रहरीको टोलीले दिउँसो करीब २ः२० बजेको समयमा शव फेला पारेर निकालेको कालिका गणका गणपति एसपी अरुण पौडेल शर्माले जानकारी दिए ।


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।