गठबन्धन अपवित्र भएकाले गण्डकीमा विश्वासको मत दिन सक्दैनौं : राप्रपा


     एभरेस्ट आवाज    
     वैशाख २३ गते २०८१ मा प्रकाशित




पोखरा, बैशाख २३

राप्रपाले खगराज अधिकारी नेतृत्वको गण्डकी प्रदेश सरकारलाई विश्वासको मत नदिने भएको छ । अधिकारीले मागेको विश्वासको मत सम्बन्धि प्रस्तावमा बोल्दै राप्रपा गण्डकी प्रदेश संसदीय दलका नेता पञ्चराम गुरुङले वर्तमान गठबन्धन अपवित्र गठबन्धन भएकाले विश्वासको मत दिन नसकिने बताएका हुन् ।

गुरुङले जनमत दलहरु मिलेर सरकार बनाउने भएपनि वर्तमान गठबन्धन अपवित्र भएको बताए । त्यसका साथै अहिलेको गठबन्धनले राप्रपासँग गठबन्धन बनाउँदा छलफलपनि नगरेको तथा गठबन्धन बनेपछि तथानाम गाली गर्दै सहकार्यको बाटो बन्द गरेकाले विश्वासको मत दिन नसकिने उनको भनाई थियो ।

गुरुङले सत्ता गठबन्धनमा सहकारीको रकम अपचलन गरेको आरोप लागेका दल रहेकालेपनि विश्वासको मत दिन नसकिने स्पष्ट पारे ।


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।