तनहुँमा दुई सय ५० जना दर्शक बस्नसक्ने प्यारापिट निर्माण


     एभरेस्ट आवाज    
     वैशाख २७ गते २०८१ मा प्रकाशित




तनहुँ । जिल्लाको व्यास नगरपालिका–३ बिपी वनबाटिका खेलमैदानमा ‘इलेभेन ए साइड’ खेलमैदानमा दुई सय ५० जना दर्शक बस्नसक्ने प्यारापिट निर्माण भएको छ ।

व्यास नगरपालिकाको रु ३० लाख आर्थिक सहयोगमा एक हजार एक सय २७ वर्गफिट क्षेत्रफलमा निर्माणाधीन प्यारापिटको ७५ प्रतिशत काम पूरा भएको छ । प्यारापिटले दर्शकलाई घामपानीबाट बचाउँछ ,

उक्त खेलमैदानलाई फुटबल, भलिबल, टेबल टेनिस, ब्याडमिन्टन, बास्केटबललगायत खेल प्रतियोगिता सञ्चालन गर्ने लक्ष्य रहेको बिपी वनबाटिक खेलमैदान निर्माण समितिका अध्यक्ष भुवन गोशलीले बताए ।

यसअघि भिमाद नगरपालिका–६ क्याम्पस रोडस्थित रङ्गशालामा प्यारापिट निर्माण भएको थियो । तीन हजार दर्शक क्षमताको उक्त प्यारापिट कूल रु ५२ लाख ८४ हजार दुई सय लागतमा निर्माण भएको हो । प्यारापिट बनाउन भिमाद नगरपालिकाको रु ४६ लाख ८० हजार र स्थानीयले रु छ लाख चार हजार दुई सय सहयो गरेका थिए । रासस


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।