पोखरामा बियर खुवाएर महिलामाथि बलात्कार


     एभरेस्ट आवाज    
     वैशाख २७ गते २०८१ मा प्रकाशित




साङ्केतिक तस्विर

वैशाख २७ पोखरा । पोखरामा बियर खुवाएर एक महिलामाथि सामुहिक बलात्कार भएको छ । पोखराको अमरसिंहचौरमा कास्कीको मादी निवासी ३ जनाले एक महिलालाई बियर खुवाएर सामुहिक बलात्कार गरेका हुन् ।

काठमाडौंबाट पोखरा आएकी ती महिलालाई मादी गाउँपालिका वडा नम्बर- ९ घर भई पोखरा – १० अमरसिंहचोक बस्ने ३६ वर्षिय चन्द्रबहादुर थापा, मादी गाउँपालिका-१२ भगवतीटार निवासी २९ वर्षिय विनोद परियार र मादी गाउँपालिका-१२ भगवतीटार निवासी ३८ वर्षिय कृष्ण रानाभाटले सामुहिक बलात्कार गरेको कास्की प्रहरीले जनाएको छ । उनीहरुले ती महिलालाई शुरुमा पोखरा अमरसिंहचौरमा रोकिराखेको ग.१ख.६५९५ नम्बरको बसमा लगेर ललाईफकाई बियर खुवाएको प्रहरीको भनाई छ । त्यसपछि पालैपालो करणी गरेको प्रहरीले बताएको छ ।

बलात्कार आरोप लागेका ३ जनालाई नै कास्की प्रहरीले पक्राउ गरेको छ । उनीहरुलाई विहान ४ बजेको समयमा बलात्कार गरिरहेको अवस्थामा प्रहरीको सिआरभी टोलीले पक्राउ गरेको कास्कीका प्रहरी प्रवक्ता प्रहरी नायव उपरीक्षक (डिएसपी) वसन्तकुमार शर्माले जानकारी दिए । बसमा शंका लागेर खानतलासी गरेका रहेछन् प्रहरी साथीहरुले, डिएसपी शर्माले भने,‘बसभित्र हेर्दा महिलालाई नाङ्गै देखेपछि केरकार गर्दा सामुहिक बलात्कार भन्ने खुल्यो ।’ उनीहरुलाई सिआरभी टोलीले तत्कालै नियन्त्रणमा लिएर वडा प्रहरी कार्यालय रामबजारलाई बुझाएको शर्माले जानकारी दिए ।

पक्राउ परेका ३ जनालाई नै जिल्ला अदालत कास्कीमा उपस्थित गराई सामुहिक जबरजस्ती करणी सम्बन्धि मुद्धामा ७ दिन म्याद थप गरी अनुसन्धान अगाडि बढाइएको डिएसपी शर्माले बताए ।


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।