
वैशाख २९ पोखरा । पोखरेली श्रष्टा नरहरि भट्टराईद्वार लिखित ‘शान्ति’उपन्यासको लोकार्पण भएको छ ।
शनिवार शुक्ला साहित्य प्रतिष्ठान, बाटुलेचौरले आयोजन गरेको कार्यक्रममा संस्कृतिकर्मी प्रा डा कुसमाकर न्यौपानेले उपन्यास विमोचन गरे । कार्यक्रममा बोल्दै प्रा डा न्यौपानेले बाटुलेचौर क्षेत्र नेपाली भाषा साहित्य र शिक्षाका लागि उर्भर थलो भएको बताउँदै यस क्षेत्रबाट निरन्तर कृर्तिहरु प्रकाशन भइरहेकोमा खुशी व्यक्त गरे । साहित्यका साधक नरहरि भट्टराई जस्तो असल गुरू र व्यक्तित्वको कृर्ति लोकार्पण गर्न पाउँदा आफूलाई भाग्यमानी महशुस गरेका बताए ।
कार्यक्रममा प्रतिष्ठानका वरिष्ठ संरक्षक कुन्जराज थापा, सल्लाहकार शिव त्रिपाठी, सल्लाहाकार कुल बहादुर खत्री, प्रतिष्ठानका गीता भण्डारी ,लगायतले शुभकामना व्यक्त गर्दै स्रष्ठा नरहरि भट्टराईको साहित्य साधनाको प्रशंसा गरे । कृतिको समालोचना गर्दै डा श्रीधर न्यौपानेले सरल र सहज भाषा शैलीका कारण कृति उत्कृष्ट बनेको बताए ।
प्रतिष्ठानका अध्यक्ष हरि बहादुर बरुवालको अध्यक्षतामा भएको उक्त कार्यक्रममा साहित्यकार राम प्रसाद पौडेल घर्मेलीले स्रष्ठाको परिचय दिदैँ उपन्यास सामान्य व्यक्तिले पनि सहज रुपमा बुझ्न सक्ने धारणा राखे ।
प्रतिष्ठानका सचिव दिपेन्द्र बानियाँको संचालन रहेको उक्त कार्यक्रममा श्रष्टा नरहरि भट्टराई तथा उनकी धर्मपत्नि ज्ञानु भट्टराईलाई सम्मान गरिएको थियो । प्रमुख अतिथि प्रा डा न्यौपानेले भट्टराई दम्पत्तिलाई प्रशंसापत्र सहित दोसल्ला ओढाएर सम्मान गरेका थिए ।
श्रष्टा भट्टराईका यसअघि विभिन्न कविता संग्रह सहित कृति प्रकाशित भईसकेका छन् । लामो समय शिक्षण पेशामा विताएका भट्टराई हाल साहित्य सिर्जनामा सक्रिय छन् ।
सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।