अन्नपूर्णमा शिक्षक अभिमूखिकरण तथा सम्मान कार्यक्रम सम्पन्न


     एभरेस्ट आवाज    
     वैशाख २९ गते २०८१ मा प्रकाशित




वैशाख २९ पोखरा । नेपाल राष्ट्रिय शिक्षक सङ्गठन राष्ट्रिय समितिको विशेष अभियान अन्नपूर्ण गाउँपालिका समिति, कास्कीको आयोजनामा March to Local Level 2024 कार्यक्रम सम्पन्न भएको छ ।

साङ्गठनिक सुदृढिकरण तथा शैक्षिक गुणस्तर अभिवृद्धिका लागि आयोजना गरिएको अभियान अन्तर्गत प्रदेश र जिल्ला स्तरका अभिमूखिकरण कार्यक्रम पछि स्थानीय पालिकाहरुमा अभिमूखिकरण कार्यक्रम गरिएको हो ।

कार्यक्रमको नेपाल राष्ट्रिय शिक्षक सङ्गठन कास्कीका कोषाध्यक्ष एवम् अन्नपूर्ण इन्चार्ज माधव पाहारीले उद्घाटन गरे । उनले शिक्षकहरु कक्षाकोठामा अब्बल र समुदायमा अनुकरणीय हुनुपर्ने बताए । उनले भने, “शिक्षकहरु समाज परिवर्तनका सम्वाहक हुन्, विचारका प्रणेता हुन् । उनीहरुको विचार संसारका कुनैपनि शक्तिले रोक्न सक्दैन । शिक्षक सम्मानित नभइ समाज सभ्य हुन सक्दैन ।”

कार्यक्रममा कास्की जिल्ला समितिका सचिवालय सदस्य तोरण बहादुर केसी, शिक्षक हित बचत तथा ऋण सहकारी सस्था लि. का उपाध्यक्ष बाबुराम भुजेल, सम्मानित नवनियुक्त शिक्षक दिपेन्द्र सुवेदीले शुभकामना व्यक्त गरेका थिए ।

कार्यक्रममा २०८० सालको शिक्षक सेवा आयोगको परिक्षामा सफलता प्राप्त गरी प्राथमिक तहमा नियुक्त भई अन्नपूर्ण गाउँपालिका कास्कीमा पदस्थापन भएका नवनियुक्त शिक्षकहरुलाई स्वागत तथा सम्मान समेत गरिएको थियो ।

उपाध्यक्ष इन्दकुमारी गुरुङको स्वागत, अध्यक्ष हरि भण्डारीको अध्यक्षता तथा सचिब किर्तीराज ढकालको सञ्चालनमा भएको उक्त कार्यक्रमले यस वर्षको लागि साङ्गठनिक कार्ययोजना समेत निर्माण गर्दै विभिन्न कार्यक्रमको लागि सदस्यहरुलाई विभागीय जिम्मेवारी प्रदान गरेको छ ।


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।