
वैशाख २९ पोखरा । नेवाः खल कास्कीले आयोजना गरेको तीन हप्ते नेपाली मौलिक चर्या तथा धिमे बाजा नृत्य प्रशिक्षण आज समापन भएको छ ।
कार्यक्रमका प्रमुख अतिथि पोखरा महानगरपालिकाका मेयर धनराज आचार्यले अहिलेको पुस्ताले अब आउने पुस्ताका लागि आफ्नो कला, संस्कार, संस्कृति, रितिरिवाज र सभ्यतालाई हस्तान्तरण गर्न जरुरी भएको बताएका छन् ।
हाम्रो पुस्ताले अहिले सिकेको चर्या, नृत्य, धिमे बाजा नाच वा भैरव नृत्य अबको सय वर्षसम्म जिवन्त रहने र त्यसका लागि संरक्षण, प्रवर्धनको पुस्ता तयार भईसकेकोमा गर्व लागेको बताए । मेयर आचार्यले मौलिक, कला, संस्कृतिको संरक्षण र प्रवर्धनका लागि महानगर सदैव साथमा रहेको प्रतिवद्धता व्यक्त गरे ।
पोखरा महानगरपालिका वडा नं २ का अध्यक्ष दिवशमान प्रधानाङ्गले नेवाः खलः कास्की कला, संस्कृतिको जगेर्नामा निरन्तर लागिरहेकोमा खुसि व्यत्तः गरे । उनले भने, ‘हामी मौलिक कला, संस्कृतिका प्रतिक हौं, भाषा, सभ्यता, संस्कार, संस्कृतिका धनि भएकोले यसको संरक्षणका लागि पनि चनाखो भईरहनु पर्ने छ । महानगर र वडाहरुको तर्फबाट सहयोग रहने प्रतिवद्धता व्यक्त गर्न चाहान्छु ।’
काठमाडौंबाट प्रशिक्षण दिन आएका चर्या नृत्यमा ४१ वर्ष काम गरिसकेका र यसैमा विद्यावारिधि गर्दै गरेका प्रशिक्षक चन्द्रमान मुनिकारले भने, ‘म नेपाली भएको कारण, नेपालीको छोरो भएको कारण, आफ्नो कला, संस्कृतिले धनि भएको कारण जापानमा बस्न मन लागेन । मलाई उतै बस, राम्रो कमाई हुन्छ, यतै सिकाउने काम भनेर अफर नगरेका होईनन् तर मैले मानिन र देशकै कला, संस्कृति प्यारो लाग्यो र यसैमा लागे र पिएचडि यसैमा गर्दैछु ।’
प्रशिक्षणमा ८० जनाको सहभागिता रहेको नेवाः खलः कास्कीका अध्यक्ष अशोक पालिखेले बताए । सो अवसरमा मेयर आचार्यले चर्या नृत्य तथा धिमे बाजा नृत्यका प्रशिक्षर्थीलाई प्रमाणपत्र हस्तान्तरण गरेका थिए ।
नेवाः खलः कास्कीका अध्यक्ष अशोक पालिखेले आफेनो पहिचान हराए हामी नै हराउने खतर रहेकोले आफ्नो मौलिक संस्कार, संस्कृति, भाषा र कलाको लागि निरन्तर लागिरहनुको विकलप नभएको बताए ।
उनले यसमा स्थानिय सरकारले बढी जोड दिनुपर्ने र अपनत्व लिएर अधिक मात्रामा संरक्षण, संवर्धनका लागि लगानी गर्नुपर्ने बताए । उसो त हामी पर्यटकीय क्षेत्रमा छौं । उनले भने, ‘पर्यटनका लागि कुनै पनि देशको कला, प्रकृति र संस्कृति नै हुन् । यीनिहरुको संवर्धनले आर्थिक क्षेत्रमा पनि ठूलो टेवा पुग्दछ ।’
अध्यक्ष पालिखेको अध्यक्षतामा भएको समापन कार्यक्रमको संचालन महासचिव श्रीकृष्ण कतिलाले गरेका थिए ।
सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।