साङ्केतिक तस्विर
पोखरा । पोखरा महानगरपालिका – ३३ स्थित एक विद्यालयमा रहेका विभिन्न कम्पनीकना ल्यापटसहित विद्युतिय सामान चोरी गरेको आरोपमा ४ जना बालक पक्राउ परेका छन् ।
पोखरा–३३ बरपाण्डेथुमस्थित शान्ती उदय मा.वि. को कार्यालय, कक्षाकोठा तथा कम्यूटर ल्यावको ढोका फोरेर विभिन्न विद्युतिय सामाग्री चोरी गरेको आरोपमा सोही स्थानका ४ जनालाई प्रहरीले पक्राउ गरेको हो । पक्राउ परेका उनीहरु १६ देखी १८ वर्षसम्मका छन् । उनीहरुको परिचय गोप्य राखिएको छ ।
शुक्रबार राती विद्यालयमा चोरी भएको जानकारी पाउनसाथ खटिएको ईलाका प्रहरी कार्यालय शिसुवाबाट खटिएको प्रहरी टोलिले खोजतलासका क्रममा उनीहरुलाई पक्राउ गरेको हो । प्रहरीले उनीहरुका साथबाट विभिन्न कम्पनीका ११ थान ल्याप्टप, ७ थान चार्जर, ल्यसमा प्रयोग हुने माउस लगायत सामानसहित पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय कास्कीका सूचना अधिकारी प्रहरी नायव उपरीक्षक बसन्तकुमार शर्माले जानकरी दिए ।
कास्की जिल्ला अदालतबाट चोरी तथा डाँका सम्बन्धी मुद्दामा पाँच दिन म्याद थप गरी अनुसन्धान भइरहेको सूचना अधिकारी शर्माले जानकारी दिए ।
सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।


पोखरा । पोखरा लेडी जेसिजको वर्ष २०२७ को अध्यक्षमा नन्दकुमारी सुवेदी ढुंगाना…







