गुरुङ समाज जापानको अध्यक्षमा युवराज


     एभरेस्ट आवाज    
     वैशाख ३० गते २०८१ मा प्रकाशित




टोकियो । गुरुङ समाज जापानको प्रथम अधिवेशनले युवाराज गुरुङको नेतृत्वमा २५ सदस्यीय कार्यसमिति चयन गरेको छ ।

जापानवासी तमाम् गुरूङहरुको साझा र अपनत्व महसुस हुने गरी स्थापना गर्न गईरहेको संस्था गुरुङ समाज जापानको “भाषा, धर्म, भेषभुषा, कला, संस्कार र संस्कृति हाम्रो शान, मौलिक पहिचानको संरक्षण र संवर्धनमा हाम्रो अभियान” भन्ने मुल नाराका साथ सम्पन्न प्रथम अधिवेशनले उपाध्यक्षहरुमा चन्द्र गुरूङ ,प्रकाश कोके गुरूङ र आशिष गुरूङ महासचिवमा मोती गुरूङ ,सचिवमा पदम गुरूङ ,कोषाध्यक्षमा राम गुरूङ ,सह–कोषाध्यक्षमा कुमार गुरूङ सदस्यहरुमा क्रमश कौशल गुरूङ ,प्रिती गुरूङ,जमुना गुरूङ ,जेबी गुरूङ ,याम गुरूङ ,आशिष गुरूङ ,सोमन गुरूङ ,महादेव गुरूङ, आशिष गुरूङ ,विष्णुमाया गुरूङ ,दिपक घले ,जगदिश गुरूङ, टुम गुरूङ ,आष्मा गुरूङ ,प्रेम गुरूङ ,सुमन घले र जगदिश गुरूङलाइ चयन गरेका छन ।

आज मे १२ तारिख बिहान ११ बजे,टोकियोको सिनओकुबोस्थित नेपाली मुराहल सोलमारीमा आयोजित अधिबेशनको प्रमुख अतिथिको रुपमा नेपालबाट तमु ह्युल छोंज धीं गुरूङ राष्ट्रिय परिषद् केन्द्रिय समिति, संरक्षक परिषद्का अध्यक्ष रेशम गुरूङ र तमु ह्युल छोंज धीं गुरूङ राष्ट्रिय परिषद् केन्द्रिय समितिका सह–महासचिव मनोज गुरूङले विशेष अतिथिको रुपमा सम्बोधन गरेका थिए ।

कार्यक्रममा जापानमा सकृय बिभिन्न संघसंस्थाका प्रतिनिधिहरु एनआरएन अभियान्तहरु तमु तथा गैर तमुहरुको बाक्लो उपस्थिति रहेको थियो ।

औपाचारिक रुपमा सम्पन्न कार्यक्रममा जापानमा सकृय कलाकारहरुले नाँच प्रस्तुत गरेका थिए । कार्यक्रमको संचालन समाजका सचिव मोति गुरुङले गरेका थिए भने प्रकाश गुरुङले स्वागत गरेका थिए ।


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।